काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) एनसेलले सरकारलाई बुझायो ४ अर्ब ५० करोड पुँजीगत लाभकर, अब १८ अर्ब १० करोड तिर्न बाँकी, रकम तिर्न किस्ताबन्दीको सुविधा पनि माग ।
२) चिनी मिल मालिकलाई पक्राउ गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन, प्रहरीको खोजीमा फेला नपरे ठगी मुद्दा अघि बढाउने सरकारको तयारी ।
३) सत्तारुढ दल नेकपाभित्र सभामुख चयनको विषय टुंगो नलाग्दा संसद बैठक प्रभावित, १ बजे बोलाइएको प्रतिनिधि सभा बैठक पुनः स्थगित, अर्को बैठक पुस २७ मा ।
४) सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेलसँग स्तब्ध च्यासल, ८ अंक बनाउँदै जावलाखेल लिगको तेस्रो स्थानमा, सन्तोषको १०० गोल अधुरै ।
५) र, अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीच फोन वार्ता, रुसमा भएको आक्रमणमा सहयोग पु¥याउन सूचना उपलब्ध गराएकोमा ट्रम्पलाई पुटिनको धन्यवाद ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।