एजेन्सी- 'कसले भन्छ आकाशमा प्वाल हुन सक्दैन, एक पत्थरलाई हातबाट फ्याँकेर हेर्नुहोस्।'
यतिबेला बलिउड कलाकारको लागि यो कथन शत प्रतिशत साबित भएको छ। कुरा त्यो अनुहारको हो। जो भिडमा गुमनाम थिए, तर उनीहरूको साधना र मेहेनतले स्टार बनाइदियो।
केही कलाकारलाई आफ्नो मेहेनतको कारण धेरै सफलता मिल्यो। र केही कलाकार भने सालभर गुमनाम रहे।
सिद्धार्थ चतुर्वेदी र विजय वर्मा
फिल्म 'गल्ली ब्वाय'ले दुई कलाकारलाई निकै चम्कायो। तपाईंले आलिया भट्ट र रणवीर सिंह सोच्दै हुनुहुन्छ भने त्यो अनुमान गलत हो।
एम सी शेर,मोइन आरिफको भूमिका निभाउनेवाला सिद्धान्त चतुर्वेदी र विजय वर्मा यस फिल्ममा स्टार साबित भए।
हैदरावादका विजय वर्माले सन् २००५मा एफटीआइआईसँग अभिनयको कोर्स गरे र त्यसपछि सपनाको सहर मुम्बई पुगे।
.jpg)
मीठीबाई कलेजमा ग्रेजुएसन गरेपछि सीए पढ्नेवाला सिद्धान्त चतुर्वेदी 'गली ब्वाय'मा एमसी शेर बनेर छाए।
यसअघि सिद्धान्तले इनसाइड एज सिरिजमा काम गरेका थिए। र हाल उनी 'इनसाइड एज २' सिरिजमा भूमिका निभाउँदै आएका छन्।
आदित्य धर र विक्की कौशल
यस वर्षको सुरुवातको महिना अर्थात् जनवरीमा रिलिज भएको फिल्म 'उरी-द सर्जिकल स्ट्राइक'ले बक्स अफिसमा आफ्नो धमाकेदार व्यापार गर्न सफल भयो। फिल्मको अभिनेता विक्की कौशल 'सञ्जु' र 'राजी' फिल्मबाट दर्शकको मनमा छाएका त थिए तर 'उरी' फिल्मले उनलाई अभिनेताको रुपमा ठूलो पहिचान दियो।
उनले निर्देशकको विश्वास जिते।
.jpg)
बलिउडको यस फिल्मले एक नयाँ हिरो त दियो, पहिलोपटक फिल्मको निर्देशन गरेका आदित्य धरजस्ता निर्देशक पनि एकाएक चर्चामा आए।
'काबुल एक्सप्रेस', 'हाल-ए-दिल' र २००९मा आएको 'डेडी कूल' जस्ता फिल्ममा गीतको शब्द लेखेर फिल्मी दुनियाँमा निर्देशक बन्ने सपना लिएर आए आदित्य धर। जसको पहिलो निर्देशित फिल्मले नै दर्शकको मन जित्न सफल रह्यो।
यतिमात्र हैन। वर्षको अन्त्यतिर उत्कृष्ट निर्देशनको लागि राष्ट्रिय पुरस्कारबाट समेत उनी सम्मानित भए। उनले ट्वीट गर्दै आफ्नो १५ सालको मेहेनेत सफल भएको बताएका थिए।
रकुल प्रीत सिंह
'दे दे प्यार दे' फिल्मले रकुल प्रीत सिंहलाई बलिउडमा पाइला चाल्ने अवसर दियो। उनको भूमिकाको त तारिफ भएको थियो नै। साथै उनको लुक्स र फिटनेसको धेरै चर्चा भयो।
.jpg)
रकुल प्रीत सिंह फिल्ममा अजय देवगनका साथ देखिएका थिए। उनले सन् २००९ मा कन्नड फिल्मबाट आफ्नो करिअरको सुरुवात गरेका थिए। यस वर्ष 'मरजावा' फिल्ममा तारा सुतारिया र सिद्धार्थ मल्होत्राको साथ देखा परे।
नवीन पालीशेट्टी र ताहिर राज बसिन
सुशान्त सिंह राजपूतको फिल्म 'छिछोरे' कयौं दर्शकको दिलमा बस्यो। डिजिटल प्लेटफर्मबाट आफ्नो करिअरको सुरुवात गर्नेवाला नवीन पालीशेट्टी यस फिल्ममा 'एसिड'को भूमिकामा देखा परे। र ताहिर राज बसिन 'डरेक'को भूमिकामा देखापरे।
.jpg)
हैदरावादको नवीन पेसाले इन्जिनियर थिए। जसले एनआइटी भोपालसँग इन्जिनिरिङको कोर्स गरेका थिए। यसपछि उनले थिएरटर सिके र डिजिटल प्लेटफर्मबाट काम गर्न सुरु गरे।
ताहिर राज बसिन दिल्ली बस्छन्। उनले मिडिया विश्वविद्यालयबाट कोर्स गरे। यसपछि बलिउडमा कदम राख्दै 'किस्मत लव पैसा दिल्ली'फिल्मबाट डेब्यु गरे।
यी दुई कलाकारलाई दर्शकले धेरै प्रशंसा गरे।
रोहित सुरेश सरफ
'द स्काइ इज पिंक' फ़िल्मबाट प्रियंका चोपडाले बलिउडमा फेरि पाइला राखिन्। उक्त फिल्मले बक्स अफिसमा खासै व्यापार गर्न सकेन। तर समीक्षामा सबैभन्दा बढी चर्चामा आयो सुरेश सरफको अभिनय।
.jpg)
२३ वर्षका रोहितले बलिउडमा 'डियर जिन्दगी'बाट आफ्नो करिअरको सुरुवात गरेका थिए।
विशाल जेठवा
'मर्दानी २'मा विलेनको भूमिका निभाएका २५ वर्षका विशाल जेठवाले आफ्नो अभिनयबाट सबैलाई चकित तुल्याए।
.jpg)
फिल्मको रिलिजपछि भनेका थिए, 'जब तपाईं यस फिल्ममा भिलेनको भूमिका निभाउने कलाकारलाई देख्नुहुन्छ। मान्नुस् कि तपाईं उसको प्रशंसा नगरी बस्न सक्नुहुन्न।'
शेफाली शाह
'दिल धडक्ने दो'मा प्रियंका चोपडा र रणवीर सिंहको आमाको भूमिकामा देखिएकी शेफाली शाह ले जब पुलिसको बर्दी पहिरिएर 'दिल्ली क्राइम' सिरिजमा काम गरिन्। तब दर्शकले उनलाई फरक रुपमा देख्न पाए।
.jpg)
यस भूमिकाको लागि उनले सिंगापुरमा आयोजित दोस्रो वार्षिक एसिया एकेडेमी क्रियटिव अवार्डमा उत्कृष्ट कलाकारको अवार्ड पाइन्।
जितेन्द्र कुमार
आइआइटीमा प्रवेश गर्ने प्रतिस्पर्धामा रहेको 'कोटा फ्याक्ट्री' वेब सिरिजले विद्यार्थीहरूको हृदय छोएको थियो। यस शृंखलाबाट चम्किए जितेन्द्र कुमार। जितेन्द्र कुमार स्वयम् आइआइटी खड्गपुरबाट सिभिल इन्जिनियरिङका विद्यार्थी थिए।
.jpg)
उनले 'द भाइरल फिवर'को युट्युब च्यानलमा केही भूमिका निभाउनका लागि गएका थिए। उनले यस सिरिजमा 'जीतू भइया'को भूमिका निभाएका थिए।
मनोज बाजपेयी
मनोज बाजपेयीलाई 'द फ्यामिली म्यान' वेब सिरिजले उचाईमा पुर्याउनका लागि ठूलो सहयोग गर्यो।

यस शृंखलामा दक्षिण भारतका कलाकार नीरज माधव पनि हिन्दी सिनेमामा आफ्नो पहिचान बनाउन सफल भए।
यस वर्ष मनोज सुरुमा पद्म श्रीबाट सम्मानित भए र फेरि फिल्म 'अलीगढ'को लागि एसिया प्यासिफिक स्क्रिन अवार्डबाट पनि सम्मानित भए।
बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।