काठमाडौं- उच्च अदालत पाटनको २०७५ असार १२ गतेको फैसलाले ठगी मुद्दामा ६५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका कसुरदार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२७ बस्ने ४१ वर्षीय देव नारायण महर्जन छन्।
सजाय वेरुजु रही लुकीछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई मंगलबार असनबाट पक्राउ गरेको हो।
२०७३ असार १४ गते महर्जनले पीडितहरुलाई अन्यत्रको जग्गा देखाई बेचेको र भोगचलन गर्न जाँदा उक्त जग्गा अर्को व्यक्तिको नाममा भएको अनुसन्धानबाट खुल्न आएको थियो।
महर्जनलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले आवश्यक कारवाहीको लागि नख्खु कारागार पठाएको उक्त ब्युरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।