काठमाडाैं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक आधा किलाे सुनसहित पक्राउ परेका छन्।
भन्सार विभाग र विमानस्थलमा खटिएका प्रहरीको टोलीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो। मलद्वारमा सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन्।
फ्लाई दुबईको विमानबाट नेपाल आउँदै गरेको अवस्थामा सुरक्षाजाँचका क्रममा उनले मलद्वारमा क्याप्सुल बनाएर आधा केजी सुन लुकाएको पाइएको हो। उनीमाथि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।