काठमाडौं- बलिउड अभिनेत्री दीपिका पादुकोण हाल रिलिजको क्रममा रहेको फिल्म 'छपाक'को प्रमोसनमा व्यस्त छिन्। फिल्मलाई लिएर दीपिका धेरै नर्भस र एक्साइटेड पनि छिन्।
उनले एक बलिउड सञ्चारमाध्यमा अन्तर्वार्ताको क्रममा नयाँ वर्षको योजना, जन्मदिन र फिल्म प्रमोसनबारे कुराकानी गरेकी छन्। 'नयाँ वर्षमा त्यस्तो केही नयाँ योजना छैन। विशेष म फिल्मको प्रमोसनमा रहनेछु। म नयाँ वर्ष सेलिब्रेट गर्न त चाहन्छु। त्यस दिन सबै जना छुट्टी लिनेछन्। म पनि घरमा बसेर केही काम गर्नेछु। मौका मिलेसँग सबैसँग बसेर सेलिब्रेट गर्नेछु,' उनले भनिन्।
जन्मदिनको बारेमा दीपिकाले आफूले केही नसोचेको बताइन्। उनले आफ्नो सबै इनर्जी फिल्म रिलिजमा केन्द्रित गरेको बताइन्। दीपिका आफूलाई सरप्राइज मनपर्ने बताउँछिन्। 'मलाई सरप्राइज मनपर्छ। तपाईंहरू चलकेट केक लिएर आउनुहोला। मलाई चलकेट केक साह्रै मनपर्छ,' उनी हाँस्दै भन्छिन्।

दीपिकाको जनवरी महिना विशेष हो। ५ जनवरीमा जन्मदिन र छपाकको रिलिज हुँदैछ।
फिल्मको मेघना गुलजारले निर्देशन गरेका हुन्। फिल्म १० जनवरीमा रिलिज हुनेछ। यस फिल्ममा दीपिका एसिड आक्रमणबाट सिकार भएकी एक युवतीको भूमिकामा छिन्।
यो फिल्म सत्य घटनामा आधारित रहेको निर्माण टिमको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।