एजेन्सी- बलिउड फिल्म निर्देशक तथा कोरियोग्राफर फराह खान र बलिउड अभिनेत्री रवीना टण्डनले रोमन क्याथोलिक चर्चका भारतीय कार्डिनल ओसवाल्ड ग्रेसियासलाई भेटेर माफी मागेका छन्।
फराह र रवीनाले क्याथोलिक चर्चका भारतीय कार्डिनल ओस्वाल्ड ग्रेसियासलाई भेटेर अनजानमा धार्मिक भावनामा चोट पुर्याएकोमा माफी मागेकाे न्युज एजेन्सी भाषाले जनाएकाे छ।
यद्यपि हास्य कलाकार भारती सिंहको माफी माग्नेमा नाम छैन।
यस अघि फराह खानले फ्लिपकार्ट भिडियो ओरिजिनलको क्विज शो 'ब्याकबेन्चर्स'को सम्पूर्ण टीमको तर्फबाट पनि माफी मागेकी थिइन।
उनी शो होस्ट गर्छिन्। यस्तै रवीनाले पनि ट्विटमार्फत् माफी मागेकी थिइन्।
.JPG)
एक कार्यक्रममा रवीना, फराह र भारतीले इसाई समुदायको भावनालाई चोट पुर्याएको आरोप लागेकाे थियाे। केही दिन अघि रवीना, भारती र फराहले एक च्यानलमा प्रसारित हास्य कार्यक्रममा बाइबलकाे शब्दलाई लिएर टिप्पणी गरेका थिए। इसाई संगठनहरुले धार्मिक भावनालाई चोट पुर्याएको आरोपमा अजनाला पुलिस स्टेशनमा उजुरी पनि हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।