काठमाडाैं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद वृशेषचन्द्र लालले रेलको स्टेशन मात्र बनाउने हो कि रेल पनि चलाउने हो? भनि प्रश्न गरेका छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भारतीय सहयोगमा रेलको स्टेशन, रेलको लिग र अन्य काम भएपनि रेलको डिब्बा र इन्जिनको तयारी नभएको बताए।
'पर्यटकहरु ल्याउन सहज हुने रेल सञ्चालन गर्ने तयारीका बारेमा सरकारले सदनमा जानकारी गराउन माग गर्दछु।' उनले भने।
उखु किसानको माग सम्बाेधन हुन्छ?
उनले पाँच वर्षदेखि उखुको मूल्य नपाएका किसानहरुका बारेमा सरकारको ध्यानाकर्षण गराए। किसानहरु आफूले बेचेको उखुको मूल्य नपाएको भन्दै काठमाडौं आएर सत्याग्रहमा उत्रदाँसम्म किन सुनिएन भन्दै उनले प्रश्न उठाए।
उनीहरुको करिब ७५ करोड रुपैयाँ बक्यौता भएकोले त्यसलाई तत्काल भुक्तानी दिने व्यवस्था मिलाउन उनले माग गरे। ‘यो देश किसानहरुको हो कि हैन, उत्पादन गरेको बस्तुको मूल्य पाउँदैनन् भने कसरी किसान बाँचीराख्छन्?’ उनले भने, ‘हामी किसान घटाएर विदेशमा मजदुर पठाउने तिर लागेको हो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।