काठमाडाैं- नेपाल प्रहरीले नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सीपी गजुरेललाई एक रात हिरासतमा राखेर सोमबार बिहान रिहा गरेको छ।
सीमा विवादसम्बन्धी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन जाने क्रममा गजुरेलसहित १५ नेता–कार्यकर्तालाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिइएको थियो। राति नौ बजे प्रहरीले उनीहरुलाई आफन्तको जिम्मा लगाएर रिहाको प्रयास गरेपनि पक्राउ परेकै स्थानमा लगेर छोड्न भनेपछि हिरासतमा पठाइएको थियो।
प्रहरीले बिहान १० बजे रिहा गरेको नेता गजुरेलले बताए। उनीहरुलाई महानगरीय प्रहरी वृत्त सोहृखुट्टेमा राखिएको थियो। राति आफन्तको जिम्मामा छुट्न नमानेपछि प्रहरीले गजुरेलसहितका नेता–कार्यकर्तालाई प्रहरी हिरासतमा राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।