काठमाडौं– नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सरकार पञ्चायती शैलीमा अघि बढेको आरोप लगाएका छन्। राष्ट्रियसभामा बोल्दै पाण्डेले क्याम्पस प्रमुखमाथि भइरहेको आक्रमणदेखि निर्मला हत्याकाण्डका अपराधीलाई पक्राउ नगर्ने घटनासम्म हेर्दा सरकार आफ्ना कार्यकर्तालाई आस्थाका आधारमा जोगाउने अभियानमा लागेको आरोप लगाए।
पञ्चायतकालमा विरोध गर्नेहरुको प्रतिरोधमा उत्रने राष्ट्रवादी विद्यार्थी मण्डल झै नेकपा सर्मथित विद्यार्थी संगठन अनेरास्ववियू लागेको उनकाे आरोप छ। देशभर नै आस्थाका आधारमा सत्तासँग नजिक रहेकाहरुले गरेमा उन्मुक्ती पाउने र विरोधीले गरेमा विभिन्न मुद्दा लगाउने गरेको आरोप उनले लगाए।
‘भ्रष्टाचारले कीर्तिमान छोएको छ। राजनीतिक आस्थाका आधारमा अपराधीलाई उन्मुक्ती दिएको छ। बलात्कारका घटनाहरुमा अपराधी पक्राउ पर्न छोडेका छन्,’ उनले भने, ‘समृद्ध नेपालको नारा बोकेको यो सरकारलाई स्वेच्छाचारी हुने अधिकार संविधानले दिँदैन।’ आफूलाई मत हाल्नेमात्रलाई संरक्षण गर्ने कार्यले सरकारको दायित्व पूरा नहुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।