काठमाडौं– नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शाखा प्रबन्धक सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका– १ घर भइ भक्तपुर सूर्यविनायक– ४ बस्ने ४७ वर्षीय भुपराज कोइराला रहेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको हो।
बैंकको प्रधान कार्यालय, मानव स्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दीपेन्द्रराज काफ्लेले उनीविरुद्ध अनुचित लाभ लिएको भन्दै उजुरी दिएका थिए। पक्राउ परेका उनलाई बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।