काठमाडौं– चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलमाथि रोमाञ्चक जित हात पारेको छ।
आइतबार राति भएको खेलमा घरेलु टोली आर्सनलमाथि चेल्सीले २–१ गोलको जित निकालेको हो। चेल्सीको जितमा जोर्गिन्हो र टमी अब्राहमले गोल गरे।
यता, आर्सनलका लागि पिइरे इमेरिक अउबामेयाङले गोल गरे। सुरुवाती अग्रता भने आर्सनलले लिएको थियो।
खेलको १३औं मिनेटमा नै अउबामेयाङले गोल गर्दै आर्सनललाई १–० गोलको अग्रता दिलाएका थिए। पहिलो हाफमा चेल्सी १–० गोल अन्तरले पछि परेको थियो। खेलको ७ मिनेट समय बाँकी हुँदा पनि चेल्सी १–० गोलले पछि नै थियो। तर, चार मिनेटको अवधिमा २ गोल गर्दै जित हात पार्यो।
खेलको ८३औं मिनेटमा जोर्गिन्होले गोल गर्दा खेलको ८७औं मिनेटमा अब्राहमले गोल गर्दैै चेल्सीलाई २–१ गोलको जित दिलाए।
लिगको चौथो स्थानमा रहेको चेल्सीले जितपछि २० खेलबाट ३५ अंक बनाएको छ। त्यस्तै, पराजित आर्सनलको २० खेलबाट २४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।