काठमाडौं– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ।
आइतबार राति भएको खेलमा घरेलु टोली सिटीले शेफिल्ड युनाइटेडलाई २–० गोलअन्तरले पराजित गरेको हो। सिटीको जितमा सर्जियो अगुएरो र केभिन डे ब्रुयनले गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरी खेलको सिटीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गर्न सफल भयो। सिटीका लागि खेलको ५२औं मिनेटमा अगुएरोले गोल गर्दै अग्रता दिलाए। खेलको ८२औं मिनेटमा केभिनले गोल गर्दै सिटीलाई २–० गोलको अग्रता दिलाए। बाँकी समयमा दुबै टिमले गोल गर्न सकेनन्।
यो जितसँगै लिगको तेस्रो स्थानमा रहेको सिटीले २० खेलबाट ४१ अंक बनाएको छ। पराजित शेफिल्डको भने २० खेलबाट २९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।