काठमाडौं– लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ।
आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा साडियो मानेले गोल गरे।
खेलको ४२औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो। पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको खेल खेलेपनि लिभरपुलविरुद्ध वेल्भ्सले हार टार्न सकेन।
जितसँगै लिभरपुलले लिगमा १३ अंकको अग्रता बनाएको छ। १९ खेलबाट ५५ अंक बनाएको लिभरपुलले दोस्रो स्थानमा रहेको लेष्टर सिटीसँग १३ अंकको अग्रता बनाएको हो। लेष्टरको २० खेलबाट ४२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।