काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बंगलादेशको संसदीय टोलीबीच भेटवार्ता भएकाे छ। बंगलादेश संसदको दलित र अल्पसंख्यक आदीवासीसँग सरोकार राख्ने समितिका सभापति मनोरञ्जन शिल गोपाल नेतृत्वको टोलीले अध्यक्ष तिमिल्सिनासँग आइतबार सिंहदरबारस्थित कार्यकक्षमा भेट गरेको हो।
भेटमा अध्यक्ष तिमिल्सिनाले भ्रमण दलमार्फत् नेपाल भ्रमण वर्ष २०२० मा बंगलादेशका नागरिकलाई नेपाल भ्रमण गर्न निम्ता दिए। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दलित, आदिवासी तथा अल्पसंख्यक बारे नेपालको संविधानले विशेष अधिकार प्रदान गरेको उल्लेख गरे।
बंगलादेशको प्रतिनिधिमण्डलको तर्फबाट बोल्दै सभापति मनोरञ्जन शिल गोपालले नेपालले दलित र आदिवासीका अधिकारबारे गरेको कानुनी व्यवस्था प्रशंसायोग्य रहेको बताए। त्यसैगरी उनले नेपालको संसदको तर्फबाट अध्यक्ष तिमिल्सिनालाई बंगलादेश भ्रमणका लागि आग्रह समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।