काठमाडौं- म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ।
आइतबार विहान भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नेलीलाई २–० गोलअन्तरले पराजित गरेको हो। म्यानचेस्टर युनाइटेडको जितमा एन्थोनी मार्सियल र मार्कुस राष्फोर्डले गोल गरे।
घरेलु टोली बर्नेलीलाई पराजित गर्ने क्रममा युनाइटेडले पहिलो हाफमा र दोस्रो हाफमा १–१ गोल गरेको थियो। खेलको ४४औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० गोलले अघि रहेको युनाइटेडले खेलको अतिरिक्त समयमा अर्को गोल थप्दै २–० गोलको जित हात पारेको हो। यो पटक राष्फोर्डले गोल गरे।
जितपछि म्यानचेस्टर युनाइटेडले २० खेलबाट ३१ अंक बनाएको छ। पराजित बर्नेलीको भने २० खेलबाट २४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।