• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ९, २०८३ Sat, May 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पिपिएल फाइनल : विराटनगरले टस जितेर फिल्डिङ रोज्यो

64x64
नेपाल लाइभ शनिबार, पुस १२, २०७६  ११:०८
1140x725

पोखरा- दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको फाइनलमा चितवन राइनोजविरुद्ध टस जितेर विराटनगर टाइटन्सले फिल्डिङ रोजेको छ। 

खेल पोखरा रंगशाला क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ। 
...............
फाइनल खेलमा चितवनका कप्तान पारस खड्का र विराटनगरका कप्तान प्रदीप सिंह ऐरी सम्हालिएर राम्रो क्रिकेट खेल्ने टिमले नै उपाधि जित्ने हुँदा राम्रो तयारीमा रहेको बताउँछन्। 

‘हामी गएको वर्ष पनि फाइनलमा हारेका थियौँ तर त्यो बितेको धेरै समय भइसक्यो, अहिले अवस्था फरक छ, विराटनगरले राम्रो क्रिकेट खेलेर फाइनलमा स्थान बनाएको हो, हामीले लिगमा नजिक पुगेर जितेको पनि विराटनगरसँग नै हो, त्यसैले फाइनलमा यसै हुन्छ भन्न कठीन छ’ चितवनका कप्तान पारस खड्काले बताए।

यस्तै विराटनगरका कप्तान प्रदीप सिंह ऐरी पनि आफूहरुको युवा टिम पारसको अनुभवि टिमसँग सम्हालिएर खेल्ने नै बताउँछन्। ‘क्रिकेटमा यसै हुन्छ भन्न त सकिँदैन, फाइनलमा जसले कम गल्ती गर्छ जित्ने उसैले नै हो। यसैले हामी सकेसम्म कम गल्ती गर्दै उपाधि जित्ने योजनामा छौँ, धेरै योजनाहरु त विकेटको अवस्था हेरेर फिल्डमा नै बन्छ’ उनले भने। 

फाइनल खेलमा समर्थनका लागि चितवनले बस रिजर्भ गरेर चितवनदेखि नै दर्शक ल्याउने योजना पनि बनाएको छ। पोखरामा रहेका दर्शक पनि शनिबारको खेलमा विशेष उपस्थित भइरहेका छन्। गएको वर्षको विजेता टिम पोखरा यसपटक लिग चरणबाट नै बाहिरिए पनि दर्शकको विशेष लगाव सुरुदेखि नै अरु टिममा नै देखिन्थ्यो। 

जारी पिपिएलमा सबैभन्दा बढी ११ विकेट लिने खेलाडी चितवनकै करण केसी हुन्। उनले ५ इनिङमा नै ५.४४ को इकोनोमी बनाएर ११ विकेट लिएका हुन्। दोस्रोमा १० विकेट लिने भुवन कार्की पनि चितवनकै हुन्।

यस्तै तेस्रोमा ९ विकेट लिने सन्नी पटेल पनि चितवनकै हुन्। विराटनगरका मोहम्मद जायद आलम र किशोर महतोले पनि समान ९ विकेट नै लिएका छन्। त्यसपछि ८ विकेट लिने चितवनका रोहन मुस्तफा र विराटनगरका शाहब आलम छन्।

सर्वाधिक रनको सूचिमा पनि चितवन र विराटनगरका खेलाडीको अवस्था राम्रो देखिन्छ। ६ इनिङमा २ सय ४ रन हानेका विराटनगरका पुनित मेहरा सर्वाधिक रन बनाउने खेलाडी हुन्। ५ इनिङमा नै १ सय ९८ रन हानेका चितवन बाबर हयात, १ सय ५६ रन हानेका रोहन मुस्तफा, १ सय ४२ रन हानेका आरिफ शेख प्रतियोगिताभर महत्वपूर्ण देखिएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

लिग चरणका खेलमा सबै पाँच खेल जितेर चितवन सिधै फाइनल पुगेको हो। गएको वर्ष पहिलो पिपिएलमा पोखरासँग हारेर उपविजेता बनेको चितवनमा अनुभवी खेलाडीहरु रहेका छन्।

युवा खेलाडीहरु रहेको विराटनगर लिग चरणमा पाँचमा दुई खेल जितेर नेट रन रेटका आधारमा प्ले अफमा पुगेको थियो। जहाँ इलिमिनेटर खेलमा बुटवल ब्लास्टरलाई २१ रनले हराएर विराटनगर फाइनलमा पुगेको हो। पछिल्लो दुई खेलमा स्तरीय क्रिकेट देखाएको विराटनगर लिग चरणमा चितवनसँग सबैभन्दा कम अन्तरले हार्ने टिम पनि हो। 

लिग चरणमा चितवनले पहिलो खेलमा पोखरालाई ६ विकेटले हराएको थियो। दोस्रो खेलमा बुटवललाई १ सय १९ रनले हराएको चितवनले तेस्रो खेलमा धनगढीलाई ५२ रनले हराएको थियो। चौथो खेलमा विराटनगरलाई १८ रनले हराएको थियो। पाँचौ खेलमा काठमाडौंलाई ६० रनले हराएको थियो। 

यसअघि पहिलो खेलमा विराटनगर धनगढीसँग ५ रनले पराजित भएको थियो। दोस्रो खेलमा पोखरालाई ४५ रनले हराएको विराटनगर तेस्रो खेलमा काठमाडौंसँग ३६ रनले हारेको थियो। चौथो खेलमा विराटनगर चितवनसँग १८ रनले हारेको थियो। पाँचौँ खेलमा बुटवललाई ४ विकेटले हराउँदै विराटनगर प्लेअफमा पुगेको थियो।  

पिपिएल विजेताले २७ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। साथै उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइँदै छ। जसमा म्यान अफ दि सिरिज, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान रहने छन्।

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  ११:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुंगे पुल र जलविद्युत्मा क्षति
जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै शनिबार, जेठ ९, २०८३
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुंगे पुल र जलविद्युत्मा क्षति शनिबार, जेठ ९, २०८३
जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि शनिबार, जेठ ९, २०८३
झापामा कैदीबन्दीको मृत्यु शनिबार, जेठ ९, २०८३
तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन : लुम्बिनी र सुदूरपश्चिमका यी जिल्लाहरूमा सावधानी अपनाउन आग्रह शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित शुक्रबार, जेठ ८, २०८३
ईशान र दीपेन्द्रको दमदार ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य शुक्रबार, जेठ ८, २०८३
आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्