काठमाडौ- इस्लामिक स्टेट समूह(आइएस)ले एक भिडियो सार्वजनिक गर्दै नाइजेरियामा ११ इसाईहरुको हत्या गरेको दाबी गरेको छ। सो भिडियोमा केही मानिसहरुको टाउँको काट्दै गरेको देखाइएको छ।
५६ सेकेन्डको उक्त भिडियो आइएसको समाचार एजेन्सी अमाकले सार्वजनिक गरेको हो। मारिएका मानिसहरुका बारेमा कुनै जानकारी दिइएको छैन। तर यसरी मारिएका सबै पुरुष भएको जनाइएको छ।
आइएसले उनीहरुलाई केही दिन पहिले नाइजेरियाको उत्तर-पुर्वी राज्यबाट कब्जामा लिएको थियो।
इस्लामिक स्टेटले अनुसार यो कारबाही गतअक्टुबरमा सिरियामा आफ्ना प्रमुख बग्दादी र प्रवक्ताको मृत्युको बदला लिनका लागि गरिएको दाबी गरेको छ।
यो भिडियो २६ डिसेम्बरमा सार्वजनिक गरिएको थियो। तर विश्लेषकले सो भिडियो क्रिसमसको दौरानमा जारी गरिएको बताएका छन्।
सिरियाको इदलिब अमेरिकी स्पेशल फोर्सको अप्रेसनमा परी बग्दादी र प्रवक्ताको मृत्यु भएको थियो।
के छ भिडियोमा?
भिडियोमा अज्ञात तथा खुल्ला स्थानमा गोली हानिएको देखिन्छ। बीचमा रहेको एक बन्धकलाई गोली हानेर मारिन्छ। उनीसँगै रहेका १० जनालाई धक्का दिएर जमिनमा निहुरन लगाइन्छ अनि गर्दन काँटेर हत्या गरिन्छ।
गतअक्टुबरमा आइएसका पूर्व नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिरको सिरियामा हत्या गरिएको थियो।
यसको ठिक दुई महिनापछि २२ डिसेम्बरमा इस्लामिक स्टेटले उनको हत्याको बदला लिनका लागि नयाँ सैनिक अभियान छेड्ने घोषणा गरेको थियो।
सोही समयदेखि आइएसले कयौं ठाउँमा भएको हमलाको जिम्मा लिँदै आएको छ। नाइजेरीयाका इस्लामिक चरमपन्थी समूह बोको हराम पनि स्वतन्त्रताको नाम दिँदै सशस्त्र संघर्ष गर्दैआएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।