काठमाडौं- म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ।
बिहीबार राति भएको खेलमा युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४–१ गोलअन्तरले पराजित गरेको हो। युनाइटेडको जितमा एन्थोनी मार्सियलले २, मासन ग्रिनवोड र मार्कुस राष्फोर्डले समान १–१ गोल गरे। यता, न्युक्यासलका लागि म्याटी लङस्टाफले १ गोल फर्काए।
खेलको १७औं मिनेटमा नै म्याटीले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए। तर खेलको २४औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरी दिलाए। त्यसपछि ग्रिनवोडले ३६ र राष्फोर्डले ४१औं मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पहिलो हाफसम्म ३–१ गोलको अग्रता दिलाए।
खेलको ५१औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दै न्युक्यासलमाथि म्यानचेस्टर युनाइटेडलाई ४–१ गोलको जित दिलाए।
यता, चेल्सीले भने साउथह्याम्पटनसँग २–० गोलको हार ब्यहोरेको छ। घरेलु टोली चेल्सी साउथह्याम्पटनसँग खेलको ३१ र ७३औं मिनेटमा गोल खाँदै पराजित भएको हो।
टोटेनहमले भने ब्राइटनलाई २–१ गोलअन्तरले पराजित गरेको छ।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।