एजेन्सी- मध्ये एसियाली देश कजाकस्तानमा एक सयजना सवार विमान दुर्घटनाग्रस्त भएको छ। अलमाटी सहर नजिकै भएको दुर्घटनामा परेका केही यात्री बाँचेकाे बताइएकाे छ।
कजाकस्तानको उद्योग तथा पूर्वाधार मन्त्रालयले विमान दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको उल्लेख गरेकाे अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन्। दुर्घटनाग्रस्त विमान बेक एयरलाइन्सको हो।
विमानमा ९५ यात्री र चालक दलका पाँच सदस्य सवार थिए। विमान अलमाटीबाट अर्को सहर नुरसुल्तानतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
सन् २०१३ मा पनि अल्माटीमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो। त्यसको एक महिनाअघि देशको दक्षिणी भेगमा एउटा सैन्य विमान दुर्घटनाग्रस्त हुँदा २७ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।