• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

७ महिने 'सिन्धु' परिवारले जिम्मा लिँदा नर्स रोए, डाक्टर भावुक भए [भिडियो]

64x64
नेपाल लाइभ बिहीबार, पुस १०, २०७६  २१:४०
1140x725

काठमाडौं- बिहीबार बिहान सिन्धु सदाबहादर अस्पतालको वातावरण सदाको भन्दा फरक थियो। सधैं उपचारमा व्यस्त हुने स्वास्थ्यकर्मीहरू भावुक देखिन्थे। त्यहाँ कार्यरत नर्स, डाक्टर र कर्मचारीहरु १३ दिनदेखि अस्पतालमा रहेकी शिशुलाई बोकेर यताउता गरिरहेका थिए।  

बलेफी गाउँपालिकाको खाडीचौर बजारस्थित सिन्धु सदाबहार अस्पतालमा अघिपछिभन्दा बढी भिडभाड थियो। नियमति रूपमा स्वास्थ्य परीक्षण आउने भए पनि खासै ठूलो चहलपहल नहुने सो अस्पतालमा बिहीबार धेरै मानिसको उपस्थिति थियो। अस्पताल परिसरमा उपस्थित प्रायः सबै भावुक देखिन्यो। 

यसरी भावुक हुनुको एउटै कारण थियो, सिन्धुपाल्चोक दुर्घटनामा आमा गुमाएकी ७ महिने शिशु। १३ दिनसम्म अस्पताल बसेकी ती ७ महिने शिशुलाई बिहीबार नै परिवारले अस्पतालबाट जिम्मा लिँदै थिए। बस दुर्घटनामा भिडमा अड्किएर बाँच्न सफल भएकी उनी अस्पतालमा निगरानीमा रहेकी थिइन्। 

त्यति ठूलो दुर्घटनामा परेर पनि बाँच्न सफल भएकी ती बालिकाको विषयले प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई भावुक बनाएको थियो। उनकी आमा दुर्घटनमा मृत्यु भएकी थिइन् भने बाबु बस चालक थुनामा छन्। 

शिशुलाई अभिभावकको जिम्मा लगाएपछि नर्स र अस्पतालका कर्मचारीका आँशु रसाएका थिए। अस्पतालका दुई डाक्टर र नर्सले ती शिशुलाई मामालाई सुम्पिरहँदा आफूलाई सम्हाल्न सकिरहेका थिएनन्। शिशुको हेरचाह गर्ने विमला तामाङ अरुबाट लुकेर रोइरहेकी थिइन्। दूध चुसाउने सुनकोसी-७ की सुनिता माझी शिशु बिदा गर्ने खबरले रुँदै घरतिर लागेपछि वातावरण झनै भावुक बन्नेको थियो। 

भिडियो

सिन्धु सदाबहार अस्पतालमा ‘सिन्धु’ नामाकरण गरी टीका, दोसल्ला लगाएर सबैमाझ मामा मइलो लो र सानिआमा सुकुमाया लोले काख दिएर दूध पिलाए। बुबाआमा खोजिरहेका अबोध शिशुका आँखाले १३ दिनपछि मात्रै आफन्तको काख पाएको हो। ‘भगवानले बहिनी सुनितालाई लगे, तर सिन्धुलाई हामी हुर्काउनेछौँ। यस्तो दुर्घटनाबाट बाँचेकी यिनीपछि केही बन्नेछिन्,’ सर्लाही नारायण खोलाका मामा मइलो लोले हर्षित मुद्रामा भने।

Ncell 2
Ncell 2
nimb
nimb

१३ दिनसम्म कानुनी प्रक्रिया नमिल्दा शिशुलाई आमाझैं हेरचाह गरेर ममता पुर्‍याएको भन्दै उनले सबैलाई धन्यवाद दिए। उनीसहित शिशुकी सानीआमा सुकुमाया लो, ठूलीआमा सुकुमाया लो, काका सुकराम शिशु लिन आएका थिए।

‘१३ दिनपछि सिन्धुले बल्ल आफन्तको काख पाएकी छन्, यो खुशीको कुरा हो। तर अब सदाबहार अस्पताल सुनसान बन्दैछ यसले दुःखित बनाएको छ,’ नर्स लक्ष्मी विकले भक्कानिँदै भनिन्। लिसंखुपाखर गाउँपालिकाका र सिन्धु सदाबहार अस्पतालका अध्यक्ष कमल नेपाल, सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेलले सिन्धुको अभिभावकत्व लिन तत्पर रहेको बताए।

सुनकोसी-६ को मोडबाट सय मिटर तल बस खसे पनि सुरक्षित भेटिएकी सात महिने शिशुको दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीयले उद्धार गरेका थिए। १५ घाइतेसहित शिशुको उपचारका लागि ६ किलोमिटर तल बलेफी गाउँपालिकाको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा ल्याइएको थियो ।

अन्य घाइतेसँगै ल्याइएकी शिशुको अवस्था सामान्य देखिएपछि उनलाई बाल स्याहार कक्षमा राखिएको थियो। कोलाहल वातावरणबीच दूध खान खोजेपछि स्वास्थ्यकर्मीले बोतलबाट पिलाउन खोजे। तर शिशुले आमाकै दूध खोजेपछि सुनकोसी-७ माझीगाउँकी सुनिता माझीले आमाझैं स्नेह गरेर दूध पिलाइन्।

गत साता कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रु बस अनियन्त्रित भई सडकबाट खस्दा १६ जनाको मृत्यु भएको थियो। जसमा बितेकी सर्लाहीकी सुनिता 'सिन्धु'की आमा थिइन्। शिशुका बुबा चालक इन्द्रावती गाउँपालिका भोटसिपाका सुमन तामाङ प्रहरीको सम्पर्कमा आएपछि कानुनी प्रक्रिया मिलाएर अभिभावकलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  २१:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्