complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारतीय किसानको पक्षमा अन्ना हजारेको अनशन सुरु, यस्ता छन् ७ माग

64x64
नेपाल लाइभ शुक्रबार, चैत ९, २०७४  ०८:०९
1140x725

एजेन्सी- भारतीय सामाजिक अभियन्ता अन्ना हजारेले अनशन सुरु गरेका छन्। भ्रष्टाचार विरुद्ध अनशन र अभियान चलाएर चर्चित बनेका हजारेले यस पटक किसानहरुको समस्या र मागलाई लिएर दिल्लीको रामलीला मैदानमा अनशन सुरु गरेका हुन्।

यसअघि भ्रष्टाचार नियन्त्रणका लागि लोकपाल विधेयक ल्याउन माग गर्दै हजारेले गरेको अनशनपछि सरकारले उक्त विधेयक सदनमा दर्ता गरेको थियो। यस पटक राज्यबाट बेवास्था भएको भन्दै केही समयदेखि आन्दोलनमा उत्रिएका किसानको पक्षमा उनले अनशन थालेका हुन्।

महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धा सुमन व्यक्त गर्दै शुक्रबार बिहान उनी अनशन स्थल रामलीला मैदान पुगेका थिए। 

हजारेले गान्धीको समाधिस्थल पुग्दा आँखाभरि आँसु पारेका थिए। हजारेले किसानहरुको माग सम्बोधन नभएसम्म आमरण अनशन बस्ने जनाएका छन्।

यसअघि प्रदर्शनका लागि दिल्ली आएका किसानको ट्रेन रद्द गरेर मोदी सरकारले स्वतन्त्र पूर्वक विरोध प्रदर्शन मार्फत आफ्ना माग राख्न पाउने प्रजातान्त्रिक हक खोसेको भन्दै हजारेले आपत्ति जनाएका थिए। 

सरकार शान्तिपूर्ण रुपमा माग सम्बोधन गर्ने भन्दा पनि हिंसा बढाउनेतर्फ उन्मुख भएको हजारेले आरोप लगाएका थिए। 

‘मेरै लागि समेत कयौं पटक प्रहरीलाई सुरक्षाको नाममा पठाइयो, जब कि मैले कुनै सुरक्षा चाहिँदैन भनी पत्र समेत लेखेको थिएँ,’ अनशन सुरु गर्नुअघि हजारेले किसानहरुलाई सम्बोधन गर्दै भने, ‘ती प्रहरीहरु सुरक्षा भन्दा अन्य कार्यका लागि आएका थिए।’ 

जनताको अधिकारका लागि सामाजिक अभियानमा रहेको व्यक्तिलाई किन सुरक्षा दिनुपरो भनी गरेको प्रश्नमा उत्तर नदिई एक्कासी सुरक्षा प्रदान गरिएको हजारेले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

'तपाईंको प्रहरीले मलाई बचाउन सक्दैन,’ हजारेले भने, ‘सरकारले यस्तो धुर्त रणनीति अपनाउन जरुरी छैन, म आफ्नो ज्यान दिएर पनि किसानको माग पूरा गराउनेछु।’

पछिल्ला केही महिनादेखि हजारे देशभर किसानले थालेको आन्दोलनमा सहभागी हुँदै आएका छन्। 

किसानको लडाइँमा अन्ना हजारे जोडिएपछि उक्त आन्दोलन थप सशक्त भएको र सरकारलाई टाउको दुखाइ भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। देशभरिबाट किसानहरु रामलीला मैदानमा पुगेका छन्।  

अन्नासँग जोडिएका मानिसले यो आन्दोलन अब  अन्तिम भएको बताएका छन्। अनशन शुरु गर्नुअघि हजारेले यो आन्दोलन राजनीतिक मानिस र मागबाट टाढा रहेको प्रस्ट पारेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘यदि कोही राजनीतिक व्यक्ति किसानको साथमा आउन चाहन्छ भने हामी उसलाई स्वागत गर्नेछौं,’ हजारले भने, ‘तर, उसको स्थान मञ्चमा होइन आमकिसान बसेको मैदानमा हुनेछ।’ 

हजारेले यस आन्दोलनमा जोडिन चाहेनले कुनै पनि दलमा आन्दोलनपछि जान पाउने छैन भनी सपथ लिनुपर्ने जनाएका छन्। 

हजारले सरकारलाई किसानका विभिन्न माग राख्दै ४२ वटा पत्र लेखेको तर त्यसको सुनुवाई नभएको भन्दै आक्रोश पोखेका थिए।

हजारले किसानका मुद्दासँगसँगै मुख्य रुपमा यी ७ वाट माग अघि सारेका छन्:

१. किसानको कृषि उपजमा लागतको आधारमा डेढ गुना ज्यादा दाम मिल्नुपर्ने,

२. खेतीमा निर्भर ६० वर्षमाथिका किसानलाई प्रतिमहिना ५ हजार रुपैयाँ पेनसनको व्यवस्था हुनुपर्ने,

३. कृषि मूल्य आयोगलाई संवैधानिक हैसियत र स्वायत्तता दिनुपर्ने,

४. लोकपाल विधेयक पारित गरी लोकपाल कानुन तुरुन्त लागू गर्नुपर्ने,

५. लोकपाल कानुन कमजोर बनाउने विधेयकको धारा ४४ र ६३ लाई तत्तकाल संशोधन गर्नुपर्ने,

६. हरेक राज्यमा सक्षम लोकायुक्त नियुक्ति हुनुपर्ने,

७. चुनावी पद्दति सुधारका लागि तत्काल केही विशेष निर्णय गर्नुपर्ने।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
सम्बन्धित सामग्री
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थापालाई प्रहरीले  बागमती नगरपालिका–स्थित मिलनचोकबाट पक्राउ गरेक... बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो माग गरेका हुन् । बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औं क्षेत्रीय सम्मेलनमा नेपालमा करिब १० करोड अमेरिकी डलर बराबरको लगानी सम्भावना र... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्