काठमाडौं- ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता माघ तेस्रो सातादेखि आयोजना हुने भएको छ।
आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले बिहीबार पत्रकार सम्मेलन गरी १५औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता माघ १६ देखि २८ गतेसम्म हुने जानकारी गराएको हो।
आयोजकका अनुसार प्रतियोगितामा १२ टोलीको सहभागिता रहने छ। एपिएफ क्लब, न्यु डायमण्ड, नेपाल पुलिस क्लब, आर्मी क्लब, चितवन टाइगर्स, पारामाउन्ट स्कुल, थ्रीस्टार एकेडेमी, चुली युवा क्लब सुर्खेत, टप्प मावि पोखरा, बुलबुले रारा कर्णाली क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र आयोजक ढोरपाटन क्लब छन्।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ हात पार्नेछ। दोस्रो हुने टोलीले २ लाख ५ हजार, तेस्रोले १ लाख ५ हजार, चौथोले ७५ हजार, पाँचौले ५५ हजार, छैटौले ४५ हजार र सातौले ३५ हजार रुपैया हात पार्नेछ । आयोजकका अनुसार यो पटक ४ स्कुटी र २ थान मोटरसाइकल वितरण गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।