काठमाडौं- प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ।
बुधबार भएको फाइनलमा आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै एपीएफले पाँचौ पटक प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि उचालेको हो। एपीएफलाई उपाधि दिलाउन सरु लिम्बु र रेखा पौडेलले गोल गरे।
एपीएफले उपाधिसहित ३ लाख रुपैयाँ र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीकी दीपा राई घोषित भइन्। एनले स्कुटर प्राप्त गरेकी छिन्। प्रतियोगितामा सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड घोषित भइन्। त्यस्तै, एपीएफकै अञ्जली सुब्बा उत्कृष्ट गोलकिपर र जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए।
त्यस्तै, आर्मीकी पुजा राना उत्कृष्ट डिफेन्डर र भुटानको राष्ट्रिय टोलीकी पेमा छोडेन छिरिङ उत्कृष्ट मिडफिल्डर भए। त्यस्तै, आर्मीकी विमला विक उदयीमान खेलाडी घोषित भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।