एजेन्सी- अमेरिकाले धार्मिक स्वतन्त्रताको सवालमा पाकिस्तानलाई कालोसूचीमा राखेको छ। पाकिस्तानलाई धर्मको आधारमा विभेद गर्ने देशहरूको वार्षिक सूचीमा समावेश गरिएको हाे।
पाकिस्तान लगातार दोस्रो वर्ष यो सूचीमा परेकाे छ। पाकिस्तानले यसप्रति कडा आपत्ति जनाएको छ। उसले पक्षपातपूर्ण दृष्टिकोण अपनाइएको आराेप लगाएकाे छ।
पाकिस्तानी विदेश मन्त्रालयले यसलाई अस्वीकार गर्दै भनेको छ 'अमेरिकाको यो कदम वास्तविकतासँग मेल खाँदैन।' 'भारतमा अल्पसंख्यकहरुलाई सताइदैछ, तर भारतलाई यो सूचीबाट बाहिर राखिएको छ।' पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले भने।
.JPG)
पाकिस्तानले भनेकाे छ 'मुसलमानलाई गाईको कारणले भारतमा हिर्काइयो। मानिसहरू महिनौंसम्म कश्मीरमा कैदमा परेका छन र धर्मको आधारमा नागरिकता दिने कानून हालसालै बनेकाे छ। यसको बाबजुद पनि अमेरिकाले भारतलाई यस सूचीमा समावेश गरेन।'
अमेरिकी विदेश विभागको वार्षिक सूचीमा पाकिस्तानलगायतका देशहरू यस सूचीमा राखिएका छन्। सुडान मात्र देश हो जुन यस सूचीबाट हटाइएको छ। बर्मा, चीन, इरिट्रिया, इरान, उत्तर कोरिया, पाकिस्तान, साउदी अरेबिया, ताजिकिस्तान र तुर्कमेनिस्तानलाई अमेरिकी विदेश विभागले यस सूचीमा फेरि राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।