काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज च्यासल युथ क्लबले न्यु रोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दैछ।
दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा सबैको नजरमा च्यासलका कप्तान सन्तोष साहुखलमाथि हुनेछ। ए डिभिजन लिगमा सन्तोष सय गोल नजिक छन्। यसको अर्थ उनले ९९ गोल गरिसकेका छन्।
एनआरटीविरुद्ध गोल गरे सन्ताेष लिगमा सय गोल गर्ने पहिलो खेलाडी बन्ने छन्। उनी पनि यही एनआरटी क्लबविरुद्ध गोल गर्दै सय गोल पूरा गर्ने लक्ष्यमा छन्।
त्यस्तै, आजै १२ बजे हुने पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
सन्तोष साहुखलले लिगमा गरेका गोलः
वि.सं. २०६० थ्रीस्टार क्लब ६ गोल
वि.सं. २०६१ एपीएफ क्लब ६ गोल
वि.सं. २०६२ थ्रीस्टार क्लब ९ गोल
वि.सं. २०६३ थ्रीस्टार ११ गोल
वि.सं. २०६६–६७ थ्रीस्टार १९
वि.सं. २०६८ मनाङ मस्र्याङ्दी क्लब १६ गोल
वि.सं. २०६९ थ्रीस्टार क्लब १७ गोल
वि.सं. २०७० थ्रीस्टार क्लब ९ गोल
वि.सं. २०७५ च्यासल युथ क्लब ३ गोल
वि.सं. २०७६ (जारी लिग) च्यासल युथ क्लब ३ गोल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।