एजेन्सी- हुस्सुकाे कारण भारतकाे हैदराबादबाट आउँदै गरेको विमान दुर्गापुरको काजी नजरुल इस्लाम विमानस्थलमा अवतरण गर्न सकेन।
भिजिबिलिटी कम भएका कारण विमान अन्डाल र वरपरका क्षेत्रमा ४५ मिनेटसम्म आकाशमा घुमिरह्याे। अन्तमा उसलाई कोलकाता जानुपरेको थियो।
कुहिरो/हुस्सुकाे प्रभावका कारण सोमबार राति कोलकाताबाट जयपुरको लागि एयर इण्डियाको कार्गाे दुर्गापुर नजिकै ओभर ब्रिजको मुनि अडि्कयाे।
घटनाबारे जानकारी पाएपछि त्यहाँ भीड जम्मा भयो। यातायात पनि प्रभावित बन्याे।
.jpg)
विमानलाई २२ पाङ्ग्रे ट्रेलरमा लोड गरिएको थियो। ट्रेलरका पाङ्ग्राका हावा निकाले पछि विमान पुलबाट बाहिर निस्कियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।