काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतिबन्धमा परेका विमल घर्तिमगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङको प्रतिबन्ध समय अवधि कात्तिक ३० गतेदेखि लागु हुने निर्णय गरेको छ।
योसँगै चारै जना खेलाडीको प्रतिबन्ध अवधि २७ दिन घटेको हो। यसअघि एन्फाको अनुशासन कमिटीले मंसिर २७ देखि लागु हुने गरी अञ्जन र सन्तोषलाई ४५ दिन र विमल तथा दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाएको थियो।
चारै जना खेलाडीलाई अनुशान कमिटीले जनही ५० हजारका दरले गरेका जरिवना भने एन्फाले निन्तरता दिएको छ।
विश्वकप छनोटको दोस्रो चरणमा कुबेतविरुद्धको खेल खेल्न भुटान प्रस्थान गर्नु अघि विमल, अञ्जन, सन्तोष र दिनेशले ठमेलको डिस्कोमा रक्सी खाँदै हिनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।