काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलमा आयोजना हुने फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।
एन्फाको प्रतियोगिता कमिटीले मोफसलमा आयोजना हुने २५ वटा फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।
एन्फाले सार्वजनिक गरेको खेल तालिकाअनुसार फागुन १ देखि १० गतेसम्म पोखरामा मनाकामना गोल्डकप, झापामा सताक्षी गोल्डकप र मकवानपुरमा बागमति गोल्डकप आयोजना हुनेछ।
त्यस्तै, फागुन ५ देखि १५ सम्म चितवनमा राइनो गोल्डकप आयोजना हुनेछ भने फागुन ५ देखि १७ गतेसम्म बुटवलमा तिलोत्तमा गोल्डकप र धरानमा बुढासुब्बा गोल्डकपको तालिका सार्वजनिक गरेको छ।
फागुन ११ देखि २२ गतेसम्म धनगढीमा खप्तड गोल्डकप हुनेछ। त्यस्तै, फागुन १५ देखि २४ गतेसम्म झापामा झापा गोल्डकप, इलाममा माईभ्याली गोल्डकप र बाग्लुङमा मेयर गोल्डकप आयोजना हुने छन्।
त्यस्तै, फागुन २२ देखि चैत्त १ सम्म पोखरामा आहा रारा गोल्डकप, सर्लाहीमा राजर्षी जनक गोल्डकप र वीरगञ्जमा विशाल मेमोरियल गोल्डकप हुनेछन्। त्यस्तै, फागुन २४ देखि नै चैत ३ गतेसम्म नेपालगञ्जमा नेपालगञ्ज गोल्डकप, चितवनमा भरतपुर गोल्डकप र धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गंगा गोल्डकप हुने छन्।
चैत ६ देखि १५ सम्म सिमरामा सिमरा गोल्डकप र सुनसरीमा मदन भण्डारी गोल्डकपको मिति तय भएको छ।
चैत १३ देखि २२ सम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप आयोजना हुनेछ।
त्यस्तै, चैत २० देखि २९ गतेसम्म काठमाडौंमा एन्फा नक आउट प्रतियोगिता हुनेछ भने चैत २७ देखि बैशाख ६ सम्म झापामा मेचीनगर गोल्डकप आयोजना हुनेछ।
यस्तो छ खेल तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।