रंगेली (मोरङ)– प्रत्येक वर्ष झै रंगेलीमा फुलपाती धुमधामका साथ भित्र्याउने कार्यक्रम रहेको छ। यसपालि दुई ठाउँ रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री संसारीमाई मन्दिर र रंगेली बजारको मुख्य काली मन्दिरमा असोज ११ गते फुलपाती भित्र्याउने कार्यक्रम छ। बुधबार बिहान संसारी माइस्थानबाट विभिन्न सामाजिक संघ–संस्था तथा जातजातिका झाँकीसहित रंगेली परिक्रमा गरिने मन्दिरका अध्यक्ष संजीव श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।