• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सर्वोच्चबाट न्याय पाउन  कठिन, ७० प्रतिशत मुद्दा फर्स्योट हुँदैनन्

64x64
दुर्गा दुलाल मंगलबार, पुस ८, २०७६  ११:५९
1140x725

काठमाडौं– सांसद अग्नी सापकोटाविरुद्ध विसं २०६८ सालमा दर्ता भएको मुद्दा नियमित इजलास हुँदै संवैधानिक इजलासमा विचाराधीन रहेको छ।

सापकोटा, पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायत नेताविरुद्ध काभ्रेकी पूर्णिमाया लामासहित ८ जनाले हालेको मुद्दा ४ वर्ष नियमित इजलासमा सुनुवाइ हुँदै २०७२ साल चैत २२ गते संवैधानिक इजलासमा पुगेको थियो। त्यसपछिका चार वर्ष पनि यो मुद्दा संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ। सापकोटा व्यक्ति हत्यामा संलग्न भए नभएको अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको यो निवेदन ८ वर्षसम्म कुनै टुङ्गोमा पुग्न सकेको छैन।

गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन भएको ६ वर्ष पुगेको छ। उनीसँगै भ्रष्टाचारको मुद्दा लागेका खुमबहादुर खड्का, जेपी गुप्तालगायत सजाय काटेर बाहिर रहेका छन्। उनी भने सर्वोच्चमा मुद्दाको पेसी धाइरहेका छन्।

उनको भ्रष्टाचार मुद्दा पचासौं पटक पेसी चढ्दै सुनुवाइ सर्दै आएको छ। २०७३ सालमै फैसलाको लागि अङ्ग पुगेको मुद्दाको सुनुवाइ केही दिन पहिले तीन दिनसम्म सुनुवाइ हुँदै फेरि सरेको छ। उक्त मुद्दाको फैसला मिति कहिले हो भन्ने अझै पनि अन्योल नै छ।

सर्वोच्चमा विचाराधीनमध्ये सबैभन्दा पुरानो मुद्दा हो लाउडा प्रकरणसम्बन्धी मुद्दा। यो अहिले संयुक्त इजलासबाट राय बाझिएर पूर्ण इजलासमा विचाराधीन रहेको छ। २०५७ सालमा दर्ता भएको उक्त मुद्दा १९ वर्षसम्म एकपछि अर्को अदालतमा निरन्तर चलिरहेको छ। विशेष अदालत हुँदै यो मुद्दा २०६४ माघ १३ गते सर्वोच्च आइपुगेको हो। तर, किनारा लाग्ने टुंगो लाग्न सकेको छैन।

प्रजातन्त्र पुनर्स्थापनापछि सबैभन्दा चर्चित र विवादास्पद लाउडा विमान भाडा प्रकरण (मुद्दा) १९ वर्षसम्म किनारा लाग्न नसकेको हाे। 

यी सर्वोच्च रहेका केही प्रतिनिधि मुद्दा मात्रै हुन्। सर्वसाधरण नागरिकले जिल्लादेखि उच्च अदालत हुँदै सर्वोच्चसम्म धाएका मुद्दाको अवस्था पनि यस्तै रहेको छ। १५ वर्षदेखि रणनीतिक योजनाअनुसार काम गर्दै आएको सर्वोच्च अदालतमै मुद्दा सुनुवाइको अवस्था दननिय देखिएको छ। छिटो, छरितो र प्रभावकारी न्यायका लागि योजना बने पनि सर्वोच्चले प्रगति हासिल गर्न नसकेको  देखिएको हो।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा अघिल्लो वर्षभन्दा मुद्दा फैसलाक्रम यो वर्ष झन् घटेको छ। गत वर्षभन्दा यो वर्ष मुद्दा फर्स्योट १३ प्रतिशतले कमी आएको छ। सर्वोच्च अदालतमा दायर भएका मुद्दामध्ये ६० प्रतिशत फर्स्योट गर्ने लक्ष्य राखिए पनि यो वर्ष त्यसको आधामै चित्त बुझाउनुपर्ने भएको  छ।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला र उच्च अदालतले ६० प्रतिशतभन्दा माथि फैसला भइसक्दा पनि सर्वोच्च भने ३०.७६ प्रतिशत मात्र मुद्दा छिन्न बाध्य भएको छ।

२०६१ मा सुरु भएको न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाले सबै अदालतबाट प्रतिवर्ष ६० प्रतिशत मुद्दाको फर्स्योट गर्ने लक्ष्य लिएको छ। तर, सर्वोच्चमा पुराना र नयाँ गरी मुद्दा संख्या ३४ हजार ९ सय २२ थान रहेकोमा यस वर्ष १० हजार सात सय ४२ थान मात्र फर्स्योट भएको छ। जुन गत वर्षभन्दा १३.५ प्रतिशत थोरै हो भने कूल मुद्दामा ३० प्रतिशत मात्र सफलता हो। 

गत वर्ष प्रधानन्यायाधीशसहित सर्वोच्चमा १९ जना न्यायाधीश थिए। यस वर्ष भने संविधानले तोकेअनुरूप २१ न्यायाधीशले न्याय सम्पादन गरेका थिए। तर, पनि गत वर्षभन्दा कम मुद्दा फर्स्योट भएका छन्।

विगतमा न्यायिक जनशक्तिका अभावका कारण न्याय सम्पादनमा समस्या भएको कारण देखाए पनि यस आर्थिक वर्षमा भने यो समस्या थिएन। मुद्दा कम फर्स्योट हुनुमा धेरै पक्षहरु जिम्मेवार भएको सर्वोच्चको तर्क छ।

'पहिल्यैदेखि न्यायिक जनशक्ति अभावले पनि मुद्दा थुप्रिँदै गए। सर्वोच्चमा कार्य बोझ बढी भयो,’ सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले भने, ‘नयाँ मुद्दाको लगत अघिल्लो वर्षभन्दा २२/२३ सयले बढी हो। प्रतिशत कम देखिए पनि संख्यात्मक रूपमा कम भन्न मिल्दैन।’ पोखरेलले छिटो न्याय सम्पादनका लागि सर्वोच्चमा कार्य समय र जनशक्तिमा विचार गरिएन भने भविष्यमा असजिलो हुन सक्ने बताए। 

जिल्ला र उच्च ७० प्रतिशतमा उक्ले
उच्च अदालतमा भने नयाँ-पुराना गरी ६० हजार ७० थान कूल मुद्दामध्ये ४४ हजार चार सय ८८ थान मुद्दा किनारा लागेका छन्। यो प्रगति ७४.०६ प्रतिशत हो। जुन गत वर्षभन्दा १७.५४ प्रतिशत बढी हो।

जिल्ला अदालतमा कूल दुई लाख ७२ हजार सात सय ११ थानमध्ये दुई लाख आठ हजार ६ थान मुद्दा छिनिएका छन्। यो ७६.२७ प्रतिशत सफलता हो। जिल्लामा अघिल्लो वर्षको तुलनामा ६० प्रतिशत बढी मुद्दा छिनिएका छन्। अन्य अदालत र न्यायाधिकरणमा पनि गत वर्षभन्दा ८६ प्रतिशत बढी मुद्दाको किनारा लागेको छ।

सर्वोच्चमा यसअघिका वर्षमा ३१ देखि ४५ प्रतिवेदनअनुसार एक लाख ५६ हजार एक सय १२ वर्ष एक महिना १० दिन कैद असुल्न बाँकी रहेकोमा यस वर्ष ५२ हजार दुई सय ७५ वर्ष १० महिना ६ दिन असुल भएको छ। अपराधीलाई ताेकिएको कैद प्रत्येक वर्ष थुप्रिँदै गएको हो।

यद्यपि यो अवस्था गत वर्षको अवस्थाभन्दा ८१.६५ प्रतिशतले सुधार हो। अपराध वापतको जरिवाना १५ अर्ब ८२ करोड ४९ लाख ३८ हजार ८ सय १६ रुपैयाँ ८२ पैसामध्ये तीन अर्ब ९२ करोड १५ लाख ६३ हजार ८ सय ४३ रुपैयाँ दुई पैसा असुल उपर भएको छ। यो अघिल्लो वर्षको भन्दा ६३.४५ प्रतिशत बढी असुल भएको छ।

नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सुनिलकुमार पोखरेलले सर्वोच्चमै न्याय सम्पादनमा गिरावट आउँदा सकारात्मक सन्देश नजाने बताए। न्याय माग्न आएका नागरिकले सर्वाेच्चवाटै अन्याय पाउने उनको तर्क छ।  घरजग्गा किचोलादेखि सीमा र माना चामलका मुद्दामा यसरी वर्षाैंसम्म अल्झाउँदा जनताले न्यायको महसुस नगर्ने उनको तर्क छ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  ११:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्