एजेन्सी- अमेरिकी राज्य भर्जिनियाको एक राजमार्गमा एक साथ ७० भन्दा बढी सवारीसाधान आपसमा ठोक्किादा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
भर्जिनियाका प्रहरी अधिकारीका अनुसार २५ जनालाई अस्पताल लगिएकाे छ। जसमा ५ जनाको अवस्था गम्भीर रहेको छ।
विलियम्सबर्ग नजिकैको क्वीन क्रिक्स ब्रिजमा इन्टर स्टेट हाईवेमा आइतवार दुर्घटना भएकाे हाे। प्रहरीका अनुसार दुर्घटना भारी हिमपात र कुहिरोको कारण भएको हो। टक्कर पछि, गाडीहरू एक अर्काभित्र पसेका थिए।
जसले उद्धारमा गाह्रो भएको थियो। ट्राफिक प्रणाली ६ घण्टा पछि पुनःस्थापित भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।