• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

मनाङको दबदबा कायमै, थ्रीस्टारलाई राहत 

64x64
नेपाल लाइभ सोमबार, पुस ७, २०७६  १९:३३
1140x725

काठमाडौं- मनाङ–मस्र्याङ्दी क्लब डिफेन्डिङ च्याम्पियनमात्रै हैन सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सर्वाधिक उपाधि विजेता टिम हो। तर लिग सुरु हुनुअघि मनाङका ७ स्टार खेलाडीसहित १२ खेलाडी बाहिरिँदा सबैको मुखमा एउटै शब्द झुण्डिन्थ्यो, ‘अब मनाङ सकियो।’

सोमबार दशरथ रंगशालामा विभागीय टिम आर्मी र मनाङको खेल सुरु हुँदै थियो। मनाङका नाइजेरियन प्रशिक्षक तोपे फुजा पनि आर्मीलाई पराजित गर्न सकिन्छ भन्ने कुरामा पूर्ण विश्वस्त थिएनन्। 

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले। बल पोजिसन मनाङको भन्दा आर्मीकै राम्रो थियो। कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, विकास खवास, विकेश कुथु लगायतका अनुभवी खेलाडी रहेको आर्मीसँग मनाङले सुरुमा राम्रो खेल्न सकेन। 

खेलको २३ औं मिनेटमा आर्मीका सुमन अर्यालले गरेको हेड मनाङका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरे। खेलको ३६ औं मिनेटमा मनाङका दयानन्द सिंहले डी बक्सभित्र गोल गर्ने राम्रो अवसर पाएका थिए। तर उनले प्रहार गरेको बल आर्मीका गोलकिपर विकेश कुथुले सहजै नियन्त्रणमा लिए।

८४ औं मिनेटमा दीपक गुरुङले दिएको पास डी बक्सभित्र नवयुग श्रेष्ठले सदुपयोग गर्न सकेनन्। खेलको अतिरिक्त समयमा मनाङका दयानन्द सिंहले गोल गर्दै १–० गोलको जित दिलाए।

तस्बिर: निमेशजंग राई/नेपाललाईभ

जितपछि मनाङका प्रशिक्षक फुजाले दंग पर्दै भने, ‘१ अंकका लागि खेलेका थियौं ३ अंक पायौं।’

उनको यो भनाइले मनाङ आर्मीसँग डराएरै खेलेको थियो भन्ने कुरा प्रष्ट हुन्छ। तर यो जितले मनाङलाई ३ अंकमात्रै हैन। फेरि पनि लिग च्याम्पियन बन्न निकै ठूलो राहत दिएको छ। किनभने आर्मी लिगको उपाधि दाबेदार टिम हो। 

फुजा भन्छन्, ‘हामीले राम्रोसँग तयारी गर्न पाएका छैनौं। त्यसले गर्दा खेलाडीले आफ्नो क्षमताअनुसार खेल्न सकेका छैनन्।’

Ncell 2
Ncell 2
nimb
nimb

लिग च्याम्पियन बन्ने सपना बुनेर मैदानमा उत्रिएको आर्मीले आफ्नो पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गरे पनि मनाङविरुद्धको खेलमा भने चुक्यो।
आखिर कहाँ? यसको जवाफ दिँदै आर्मीका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘खेलाडीले पूरै मिहिनेत गरेर खेले। तर हामीले पाएको अवसरमा गोल गर्न सकेनौं। मनाङले पाएको मौका गुमाएन।’

मनाङमा देखिएन सात स्टार खेलाडीको अभाव

यो सिजन कप्तान विराज महर्जन, उपकप्तान सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, दीपक राई, हेमन गुरुङ, एडिलाजा सोमिडे, प्रवेश दनुवार, प्रकाश बुढाथोकी र अफिज ओलावालेले मनाङ छाडे।

त्यस्तै, एएफसी कप दौरान लोनमा भित्रिएका अभिषेक रिजाल र देवेन्द्र तामाङ पनि मनाङमा रहेनन्। कप्तान विराज, सुजल, विशाल श्रेष्ठ, विशाल राई, दीपक, हेमन र एडिलाजा मछिन्द्र क्लबमा अनुबन्धित भए। प्रवेश दनुवार पनि पुलिसमा पुगे भने प्रकाश एनआरटीका कप्तान बने। यता, अभिषेक र देवेन्द्र पनि मछिन्द्रमै पुगे।

Xtrem

Xtrem

योसँगै मनाङको आलोचना भयो। अब के गर्छ मनाङ? तर मनाङले लगातार दुई खेलमा जित हात पार्दै सबैलाई जवाफ दिइसकेको छ। त्यो पनि आर्मी र एपीएफ क्लबजस्ता विभागीय टिमलाई हराएर। मनाङले यसअघि आफ्नो पहिलो खेलमा एपीएफ क्लबलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

जति मनाङलाई स्टार खेलाडी राख्दा जित्नै पर्ने दबाब थियो। त्यो दबाब अहिले छैन। मनाङ विन्दास शैलीमा खेल्ने मुडमा छ। प्रशिक्षक फुजा र क्लबमा अध्यक्ष छिमी उर्गेन गुरुङको भनाइबाट पनि प्रष्ट हुन्छ।

सर्वाधिक ८ पटकका लिग च्याम्पियन मनाङका अध्यक्ष गुरुङ भन्छन्, ‘च्याम्पियन नै बनिने भन्दा पनि सुपर सिक्समा पुग्ने हाम्रो लक्ष्य हो।’

हाम्रो विश्वास युवा खेलाडी: प्रशिक्षक मेघराज

पहिलो खेलमा जावलाखेल युथ क्लबसँग बराबरीमा रोकिएको थ्रीस्टारको टिम सेट ठिक छैन। राम्रो खेलाडीलाई थ्रीस्टारले भित्र्याउन सकेन। यस्ता यस्तै कुरा सुनिन्छ। त्यो थ्रीस्टारकै समर्थकबाट। फुटबलकै पारखीहरु पनि थ्रीस्टारको खेल यसपटक राम्रो नभएको तर्क गर्छन्।

तर यी त सब तर्क र आफ्ना विचार भए। मैदानमा खेल्ने खेलाडीले हो। रणनीति बुन्ने प्रशिक्षकले। सोमबार दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेपछि थ्रीस्टारको हौसला बढेको छ। राहत महसुस गरेका छन् प्रशिक्षकले। खेलाडी पनि खुसी छन्।

तस्बिर: निमेशजंग राई/नेपाललाईभ

पहिलो हाफमा दबाबमा खेलेको थ्रीस्टारले दोस्रो हाफमा सुधारिएको खेल खेल्दै जित निकाल्यो।

खेलको ८४औं मिनेटमा थ्रीस्टारका सुशील राईले कुनै गल्ति नै नगरी वान टचमै गोल गर्दै थ्रीस्टारलाई १–० गोलको जित दिलाए। उनले सुशान श्रेष्ठको क्रस पासमा गोल गर्न सफल भए। सुशील मोरङको लेटाङका खेलाडी हुन्। अघिल्लो सिजन पनि थ्रीस्टारबाट नै खेलका सुशीलको ए डिभिजन लिगमा यो डेब्यु गोल हो।

च्याम्पियन लक्ष्य बुनेका थ्रीस्टारका प्रशिक्षक मेघराज केसी ३ अंकका लागि प्रतिस्पर्धा गरेको र त्यसमा सफल भएको भन्दै आफूहरुको विश्वास युवा खेलाडीमा भएको बताउँछन्। ‘हामीलाई जित्नै पर्ने थियो। जित्यौं। खुसी छु,’ उनी थप्छन्, ‘नेपालको फुटबललाई अध्ययन गरेर हामीले युवा टिम बनाएका छौं। हाम्रो विश्वास नै युवा टिममा छ।’

यता पुलिसका प्रशिक्षक अनन्त थापा भने आफ्नो टिममा फरवार्ड लाइनको समस्या रहेको बताउँछन्। उनले भने, ‘अनुभवी फरवार्ड छैनन्। त्यसले गर्दा पाएको अवसरलाई पनि गोल गर्न सकिरहेका छैनौं।’
 

प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  १९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग?
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्