काठमाडौं– मंगलबार बेलुका माछापोखरीमा १० लाख रुपैयाँ लुटिएको छ।
सुन्धारा बस्ने जुम्ला तिला गाउँपालिका–४ का ३२ वर्षीया राजकुमारी शाहीको १० लाख रुपैयाँ मंगलबार लुटपाट भएको हो।
काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने आफन्तसँग उक्त रुपैयाँ लिई आएको अवस्थामा माछापोखरी नजिकै अपरिचित व्यक्तिले राजकुमारीलाई पछाडिबाट आक्रमण गरी उक्त रकम लुटपाट गरी भागेको पीडितले प्रहरीमा बताएकी छिन्।
आक्रमणबाट घाइते भएकी राजकुमारीको बीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
लुटेराहरु पक्राउ परेका छैनन्।
पीडितले १० लाखको स्रोत खुलाउन नसकेकाले घटना केही शंकास्पद समेत बनेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।