होन्डुरस- होन्डुरसको मध्यक्षेत्रमा रहेको एक जेलमा कैदीहरूबीच आइतबार हिंसात्मक झडप हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको भएको त्यहाँका अधिकारीले बताएका छन्।
होन्डुरसको जेलमा दुईदिन पहिले पनि दुई समूहबीच झडप हुँदा अन्य १८ कैदीको मृत्यु भएको थियो भने अन्य १६ कैदी सख्त घाइते भएका थिए।
होन्डुरसका जेलमा हिंसात्मक झडपका दुईदिनको अवधिमा भएका दुई हिंसात्मक घटनामा ३६ जनाले ज्यान गुमाएका र दर्जनौँ व्यक्ति घाइते भएपछि सरकारले आफ्ना जेलहरूमा सङ्कटकाल घोषणा गरेको छ।
सो ठाउँको सुरक्षा नेतृत्वले झडपका समय बन्दीगृहको सुरक्षार्थ खटिएका सुरक्षा अधिकारीलाई छ महिनाका लागि निलम्बन गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ।
मध्य अमेरिकी मुलुक होन्डुरसको जेलहरूमा क्षमताभन्दा बढी कैँदीहरू राखिने गरिएको छ। कमजोर जेल प्रशासनको फाइदा हुँदै जेलभित्र पनि गुट उपगुट र तीनका नाइकेले आफ्नो प्रभाव देखाउन जेलभित्र हिंसात्मक आक्रमण हुनु होन्डुरसका लागि सामान्य घटनाजस्तै मानिन्छ। जेलभित्र पटक-पटक यस प्रकारका घटना दोहोरिने गर्छन्।
समाजमा आपराधिक गतिविधिमा संलग्न समूहका जेल बाहिर विभिन्न झगडामा प्रकट गर्न नसकेका रोषका घटनाले जेलभित्र हिंसात्मक स्वरूप लिने गर्छन्।
होन्डुरसभरि जम्मा २७ बन्दीगृह रहेका छन् भने ती जेलमा करिब २२ हजार कैँदीलाई राखिँदै आएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।