काठमाडौं- थ्रीस्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जित हात पारेको छ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १–० गोलको जित निकालेको हो। थ्रीस्टारको जितमा सुशिल राईले गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको थ्रीस्टारले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो। पुलिसले पहिलो हाफमा गोल गर्ने राम्रो मौकाहरु गुमाएपछि अग्रता बनाउन सकेन।
खेलको ४७औं मिनेटमा थ्रीस्टारका वासिउ ओलादिरन हज्मातले प्रहार गरेको बल पुलिसका गोलकिपर शत्रुधन कुमार चौधरीले उत्कृष्ट बचाउ गरे। खेलको ५५औं मिनेटमा पुलिसका रवि पासवान वान भर्सेस् वानमा चुके। जसले गर्दा पुलिसले १–० गोलको अग्रता बनाउने मौका खेर फाल्न पुग्यो।
खेलको ८४औं मिनेटमा थ्रीस्टारका सुशिल राईले कुनै गल्ति नै नगरी वान टचमै गोल गर्दै थ्रीस्टारलाई १–० गोलको अग्रता दिलाए। बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल थ्रीस्टारले १–० गोलले जितेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।