काठमाडौं- पत्रकार जमाल खसोग्गीको हत्यामा संलग्न भएको ठहर गर्दै साउदी अरबको एउटा अदालतले पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ।
मृत्युदण्डको फैसला पाउनेहरुमा को को हुन् भन्ने विषय भने अहिलेसम्म खुलेको छैन।
सन् २०१८ को अक्टोबर २ मा खसोग्गीको टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या गरिएको थियो। उनी साउदी सरकारका आलोचक थिए।
साउदी अरेबियाले सुरुमा त्यो घटनामा संलग्नता अस्वीकार गरेपनि ठूलो अन्तर्राष्ट्रिय दबाबपछि त्यसलाई स्वीकार गरेको थियो।
संयुक्त राष्ट्रसङ्घका एक अनुसन्धानकर्ताले उक्त घटनालाई ‘राज्यद्वारा गरिएको हत्या’को संज्ञा दिएका थिए।
खसोग्गीको हत्यामा राजपरिवारको संलग्नता भएको आरोप लागेको थियो तर साउदीले त्यसलाई अस्वीकार गर्दै हत्या ‘छाडा एजेन्ट’हरूले गरेको आरोप लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।