बेइजिङ- चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन्। बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उनीहरुका बीचमा भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन्।
आफूहरुका बीचमा रणनीतिक साझा साझेदारिता, ठोस चासो र मुख्य सरोकारका विषयमा एक अर्कालाई सघाउने र उच्चस्तरीय दुई पक्षीय सम्बन्धलाई थप सुधार गर्दै लैजानेलगायतका विषयमा छलफल भएको सिले बताएका छन्।
चीन-जापन-दक्षिण कोरियाका शीर्ष नेताहरुको आठौँ बैठकमा सहभागी हुन मुन चीन आएका हुन्। चीनको दक्षिणपश्चिमी शहर छेन्दुमा मङ्गलबार सो बैठक हुन लागेको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।