काठमाडौं– मनाङ– मर्स्याङ्दी क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ।
दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङले आर्मीलाई १–० गोलको जित निकालेको हो। मनाङको जितमा दयानन्द सिंहले गोल गरे।
पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। पहिलो हाफमा मनाङले भन्दा बढी गोल गर्ने अवसर आर्मीले पाएको थियो। तर पाएको अवसर सदुपयोग गर्न सकेन। खेलको २३ औं मिनेटमा आर्मीका सुमन अर्यालले गरेको हेड मनाङका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरे।
खेलको ३६ औं मिनेटमा मनाङका दयानन्द सिंहले डिबक्सभित्र गोल गर्ने राम्रो अवसर पाएका थिए। तर उनले प्रहार गरेको बल आर्मीका गोलकिपर विकेश कुथुले सहजै नियन्त्रणमा लिए।
दोस्रो हाफमा निकै प्रतिस्पर्धात्मक देखिए पनि दुवै टिमले गोल गर्न भने सकेनन्। खेलको ८४ औं मिनेटमा दीपक गुरुङले दिएको पास डिबक्सभित्र नवयुग श्रेष्ठले सदुपयोग गर्न सकेनन्।
खेलको अतिरिक्त समयमा मनाङका दयानन्द सिंहले गोल गर्दै १-० गोलको जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।