काठमाडौं- वेष्ट इन्डिजसँगको एकदिवसीय क्रिकेटको सिरिज भारतले जितेको छ।
आइतबार राति भएको तेस्रो खेलमा वेष्ट इन्डिजलाई ४ विकेटले पराजित गर्दै ३ खेलको एकदिवसीय क्रिकेट सिरिजको शृंखला भारतले २–१ ले जितेको हो। ३१६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर सकिन ८ बल बाँकी छदा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो।
भारतका लागि कप्तान विराट कोहलीले ८५ रन बनाए। त्यस्तै, केएल राहुलले ७७ रन बनाउँदा रोहित शर्माले ६३ र रविन्द्र जडेजाले ३९ रनको योगदान दिए।
बलिङतर्फ किमो पाउलले ३ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले उत्कृष्ट प्रदर्शन गर्दै ५० ओभरमा ५ विकेटको क्षतिमा ३१५ रन बनाएको थियो। वेष्ट इन्डिजका लागि निकोलस पुरनले ६४ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८९ रन बनाए। त्यस्तै, कप्तान केइरन पोलार्डले ७ छक्का र ३ चौकाको मद्दतमा ५१ बलमा अविजित ७४ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।