काठमाडौं- भारतको झारखण्ड राज्यमा भएको विधानसभा चुनावमा सत्ताधारी भारतीय जनता पार्टी पछाडि परेको छ। अहिलेसम्मको मतगणना अनुसार कांग्रेस आईले ४१ सिटमा अग्रता कायम गरेको छ भने भाजपाले ३० सिटमा कांग्रेसलाई पछि पारेको छ।
८१ सिटका लागि भएको चुनावमा अन्य पार्टीले १० सिटमा अग्रता बनाएका छन्। झारखण्ड विधानसभामा बहुमतका लागि ४१ सिट प्राप्त गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।