काठमाडौं- युभेन्टसलाई ३-१ गोलले पराजित गर्दै इटालियन सुपरकपको उपाधि लाजिओले जितेको छ। आइतबार साउदी अरेबियामा सम्पन्न फाइनल खेलमा लाजियोले युभेन्टसलाई हराएको हो।
खेलको १६औं मिनेटमा लाजियोले पहिलो गोल गरेको थियो। लाजियोका लुइस अल्बर्तोले युभेन्टसविरूद्ध गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।
खेलको ४५औं मिनेटमा युभेन्टसले बराबरी गोल फर्काएको थियो तर लाजिओका सेनाड लिलिकले खेलको ७३औं मिनेटमा गोल गर्दै युभेन्टसलाई २-१ ले पछि पारिदिए।
क्रिश्चियानो रोनाल्डो, पाउलो डिबालासहित मैदानमा उत्रिएको युभेन्टसलाई लाजिओले खेलको इन्जुरी समयमा तेस्रो गोल गर्दै ३-१ गोल अन्तरले पराजित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।