काठमाडौं- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको निवेदनमा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलाशमा पेसी तोकेका छन्।
विमानस्थल निमार्णका क्रममा काटिने रूख लगायतको वातावरणीय सर्वोच्चमा दुई थान मुद्दा विचाराधीन रहेका छन्। वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा र पूर्व प्रशासक द्वारिकानाथ ढुंगेलले हालेको मुद्दा सर्वोच्चमा सुनुवाइको क्रममा रहेको छ। दुवै निवेदनलाई एकै इजलाशमा राखेर प्रधानन्यायाधीश राणाले आफू र न्यायाधीश कुमार रेग्मीको इजलाशमा पेसी तोकेका छन्।
वरिष्ठ अधिवक्ता शर्माले २०७६ भदौ २४ गते रिट दायर गरेका थिए भने ढुंगेलसहितले २०७६ मंसिर १७ गते दोस्रो रिट हालेका थिए। दोस्रो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मंसिर २० गते अन्तरिम आदेश जारी गरेको थियो।
सर्वोच्चले विमानस्थल निर्माणको कार्य तत्काललाई यथास्थितिमा राख्न भनेको थियो। अन्तरिम आदेशका विषयमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएको थियो। दुवै पक्षको छलफल आइबार प्रधानन्यायाधीशसहितको इजलाशमा हुँदैछ।
सर्वोच्चले अन्तरिम आदेशले विमानस्थल निर्माणमा अवरोध हुनेछ भने जारी गर्न अस्वीकार गरेमा निरन्तर काम हुने छ। आजको सुनुवाइले विमानस्थलको भविष्य निर्धारण हुने सरकारी भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।