एजेन्सी– भारतमा नागरिकता कानुनको विरोधमा भएको हिंसामा उत्तर प्रदेशमा ६ जनाका मृत्यु भएको छ। उत्तर प्रदेशको बिजनौरमा गोली लागेर २ युवकको मृत्यु भएको छ। बिजनौरको नहटौरमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ४ जना गम्भीर घाइते भएकामा २ जनाको उपचारका क्रममा मृत्यु भएको हो। त्यसक्रममा ८ प्रहरी घाइते भएका छन्।
यस्तै, लखनऊ, कानपुर, सम्भल र फिरोजावादमा १–१ जनाको मृत्यु भएको छ। मेरठमा प्रदर्शनकारीले एक प्रहरीचौकी जलाएका छन्।
उत्तर प्रदेशमा शुक्रबार नमाजपछि हिंसा भड्किएको हो। विशेषगरी, फिरोजावाद, गोरखपुर, मेरठ, गाजियावाद, हापुड, बहराइच, मुजफ्फुरनगर, कानपुर, उन्नाव, भदोहीमा हिंसात्मक प्रदर्शन भएको हो।
कानपुरमा भएको हिंस्रक प्रदर्शनमा १३ प्रदर्शनकारी र ६ प्रहरी घाइते भएका छन्।
भारतमा नागरिकता कानुनविरुद्धको प्रदर्शन हिंसात्मक हुँदै, प्रदर्शनकारीले दिल्ली गेटमा लगाए आगो [फोटो फिचर]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।