काठमाडौं– नागरिकता विधेयकको विरोधमा भारतमा भइरहेको प्रदर्शन हिंसात्मक हुँदै गएको छ। शुक्रबार नयाँदिल्लीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले दिल्ली गेटमा आगो लगाएका छन्।
यस्तै, दिल्लीको दरियागन्ज क्षेत्रमा प्रदर्शनकारीले गाडीमा आगो लगाएका छन् भने त्यसक्रममा भीडले प्रहरीमाथि ढुंगा बर्साएको छ। प्रहरीले उनीहरुलाई तितरबितर पार्न पानीका फोहोरा प्रयोग गरेको थियो।
नागरिकता कानुनको विरोधमा शुक्रबार दिल्ली र उत्तर प्रदेशमा हिंसात्मक प्रदर्शन भएको हो। उत्तर प्रदेशका २० जिल्लामा प्रदर्शनका क्रममा हिंसा भएको छ । फिरोजावादमा प्रहरीको गोली प्रहारबाट एक युवकको मृत्यु भयो भने कानपुरमा ८ जना तथा बिजनौरमा ३ जना गोली लागेर घाइते भएका छन्।
शुक्रबार गाजियावाद, मेरठ, सुल्तानपुर, गोरखपुर, कानपुरलगायतका स्थानमा प्रहरी र प्रदर्शनकारीबीच भीडन्त भएको छ। यस्तै, दिल्लीमा चर्को प्रदर्शन भएपछि ६ मेट्रो स्टेशन बन्द गरिएको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्बिरहरु: एएफपी तथा एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।