कलैया- सिम्रौनगढ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको छ।
कांग्रेसका विजयशंकर यादव पाँच हजार १३५ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राजपाका किशोरी साह जयसवालले पाँच हजार ११५ मत ल्याए । जयसवाललाई कांग्रेसले टिकट नदिएपछि पार्टी परिवर्तन गरी राजपाबाट उठेका थिए।
यस्तै, उपप्रमुखमा राजपाकी मीरा देवीले पाँच हजार ५१४ मत ल्याउँदै कांग्रेसकी रीता कुशवाहालाई पराजित गरिन् । निकटतम प्रतिद्वन्द्वी रीताले तीन हजार ९१७ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत चन्द्रबहादुर सिजाइलीले जानकारी दिए।
विश्रामपुर गाउँपालिकामा जित हात पार्दै लोकतान्त्रिक फोरमले बारामा खाता खोलेको छ । फोरमका अमिरीलाल राउतले तीन हजार ६ सय २६ मतसहित जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जुल्लेफेकार अलि भुटोले एक हजार ५१२ मत ल्याएका थिए।
त्यसैगरी उपाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमकी सुमित्रादेवी साहले दुई हजार ३१४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाकी मधुमाया यादवले एक हजार २६० मत ल्याइन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।