काठमाडौं- सरकारले ३७ उपसचिवलाई ज्येष्ठता र कार्यसम्पादनको आधारमा सहसचिवमा बढुवा गर्ने गरी सिफारिस गरेको छ।
बढुवा समितिको सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रकाशन गर्दै बढुवा हुने ३७ उपसचिवको नाम सार्वजनिक गरेको हो।
लोकसेवा आयोगको देहायको बढुवा सूचना, सेवा र श्रेणीको रिक्त्त पदमा ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा गरिने बढुवाका लागि बढुवा समितिको मंसिर ३० गते बसेको बैठकले ३७ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने सिफारिस गरेको छ। जसमा उपेन्द्रकुमार खनाल, बद्रीराज अर्याल, बाबुराम खतिवडा, यमुना प्रधान लगायतका ३७ जना रहेक छन्।
यी हुन् बढुवा सिफारिसमा पर्ने उम्मेदवारको नाम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।