• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ३, २०८२ Mon, Oct 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

काजुका २१ फाइदा

64x64
नेपाल लाइभ मंगलबार, पुस १, २०७६  ०८:००
1140x725

काठमाडौं- महँगो ड्राइ फ्रुट हो काजु। निम्न आर्थिक अवस्था भएका व्यक्तिले नियमित काजु खान सक्दैनन्। महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन्। ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पुर्‍याउने खाद्यपदार्थ हो।

थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ। यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले शरीरमा ऊर्जा थपिन गई फूर्ती आउँछ।

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ। त्यसैले काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ। काजुलाई पानीमा भिजाएर पिस्ने र बनेको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ । काजुमा एक प्रकारको तरल पदार्थ पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ। यसले दिमाग तेजिलो बनाउँछ। काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन। युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन। तर त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन्।

काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ। त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ। हरेक बिहान काजु खानाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ। काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छ। यी तत्वले हड्डी तथा दाँत बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन्।

काजु प्रोसेसिङ गर्ने काम पनि निकै कठिन मानिन्छ। सामान्यतया काजुलाई हातले छोडाउनुपर्ने हुनाले लेबर कस्ट ज्यादा पर्छ। त्यसैले पनि काजु महँगो पर्न गएको हो। काँचो काजु चाहिँ नखाँदा बेस मानिन्छ, किनकि काँचो काजुमा उरुसिओल नामको एक किसिमको टक्सिन केमिकल पाइन्छ, जसले शरीरमा पोइजन हुने डर पर्याप्त हुन्छ। 

काजुमा कुन तत्व कति पाइन्छ ?
युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरका अनुसार एक वन्स अर्थात् २८.३५ ग्राम काँचो काजुमा १५७ क्यालोरी पाइन्छ र ८.५६ ग्राम कार्बोहाइडेट, १.६८ ग्राम सुगर, ०.९ ग्राम फाइबर, ५.१७ ग्राम प्रोटिन, १२.४३ ग्राम  चिल्लो पदार्थ, १० मिलिग्राम क्याल्सियम, १.८९ एमजी आइरन, ८३ एमजी म्याग्निसियम, १६८ एमजी फस्फोरस, १८७ एमजी पोटसियम, ३ एमजी सोडियम, १.६४ एमजी जिन्क पाइन्छ। एक वन्स अर्थात् २८ ग्राममा लगभग १८ दाना काजु रहन्छ। साथै काजुमा भिटामिन सी र भिटामिन बी पनि पाइन्छ।

परिकारमा काजु 
भारतीय भान्सा काजुबिना अधुरो रहन्छ। परापूर्वकालदेखि भारतमा मुग्लाइहरुले खानामा काजु मिसाएर खाँदै आएका छन्। चाहे ग्रेभीमा होस् या बिर्यानीमा, काजुको मात्रा राख्नैपर्ने उनीहरुको नियम थियो, जुन अहिलेसम्म चलिरहेको छ। आधुनिक पकवानमा पनि भन्सा काजुबिना अधुरो रहन्छ। ह्वाइट ग्रेभीमा होस् या रेड ग्रेभी, ब्राउन ग्रेभी नै किन नहोस् काजु मैसाइएकै हुन्छ। काजुको पेस्ट विभिन्न अन्य शाकाहारी सब्जीका परिकारमा पनि हाल्ने गरिन्छ।

कबाब, मिठाइ, खिर तथा केकमा पनि काजुको मात्रा प्रसस्त मिसाइन्छ। काजुको पेस्टले खानालाई अतिरिक्त स्वाद थप्ने मात्र होइन, मुलायनपन दिनुको साथै स्वादिस्ट पनि बनाउँछ। स्वास्थ्यका हिसाबले पनि काजु निकै उपयोगी हुने हुँदा घरायसी पकवानमा पनि प्रयोग हुन थालेको छ। होटलहरुमा अति विशिष्ट पाहुनाहरुको स्वागतका लागि पनि काजु रोस्ट गरेर टक्र्याउने चलन छ। काजुको बर्फी पनि अति स्वादिष्ट मिठाइमा गणना गरिन्छ। चाइनिज या थाई किचनमा पनि काजुका यावत परिकार बनाइन्छ। स्न्याक्स होस् या मेन कोर्स, फिस होस् या चिकन, काजुको प्रयोग गरिएकै हुन्छ। कुनै खानामा काजुलाई पिरो बनाएर प्रयोग गरिन्छ त कुनैमा माइल्ड हिसाबले मिसाइएको हुन्छ।

Ncell 2
Ncell 2

नियमित काजु खानुका फाइदा
– दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ। 
– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ। 
– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ। 
– गर्भवतीको लागि काजु वरदान मानिन्छ। जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ। 

– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ। 
– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ। 
– नियमित काजु खानाले यौन शक्तिमा वृद्धि हुन्छ।
– हड्डी मजबुत गराउँछ। 
– कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ। 

– अनुहारको छालामा चमक ल्याउँछ। 
– कुनै साइड इफेक्ट गर्दैन। 
– मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ। 
– थकान मेटाउन सहयोग पुर्‍याउँछ।
– जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने।

– शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ।
– डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ। 
– मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ। 
– कोलेस्टेरोल घटाउन सहयोग पुर्‍याउँछ। 
– रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ। 
– काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ।  
– तनाव घटाएर थकान हुनबाट बचाउँछ।

(बुढाथोकी सोल्टी क्राउन प्लाजाका सुसेफ हुन्)

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज पनि बढ्यो सुनको मूल्य
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ
सम्बन्धित सामग्री
फ्याटी लिभर के हो? कलेजो शरीरको प्रमुख अंग हो जसले विषाक्त पदार्थ हटाउने, पाचनमा सहयोग गर्ने, रक्त शुद्ध गर्ने, भिटामिन तथा खनिज सन्तुलन गर्ने काम गर्द... सोमबार, असोज २७, २०८२
पोषणविद्को सुझावः दसैं भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ। तर के दशैंमा टन्न खानैपर्छ? सोमबार, असोज १३, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
ताजा समाचारसबै
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब सोमबार, कात्तिक ३, २०८२
सरकार आफ्नो जिम्मेवारी पूरा गर्न सचेत छ : प्रधानमन्त्री सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
सेनाको सुरक्षामा बस्दा मेरो मोबाइल सिज गरियो : ओली, पार्टीमा आफ्नो अझै खाँचो रहेकाले उमेरले नेतृत्व नछेक्ने दाबी आइतबार, कात्तिक २, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब सोमबार, कात्तिक ३, २०८२
मोहन वैद्यले दिए राजीनामा, महासचिवमा सीपी गजुरेल आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्