• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सप्तरीमा बजेट खर्चको निराशाजनक अवस्था, पाँच स्थानीय तहले अझै लिएनन् पहिलो किस्ता

64x64
नेपाल लाइभ आइतबार, मंसिर २९, २०७६  ०६:२०
1140x725

राजविराज- स्थानीय तह निर्वाचनपूर्व उम्मेदवारहरूले गाउँमा विकासको मुल फुटाउने र घर–घरमा रोजगारी दिने आशा बाँडे। तिनैमध्येका धेरैले चुनाव जिते पनि। तर, निर्वाचित भईसकेपछि जनप्रतिनिधिले आफ्ना वाचा विर्सेको आरोप लाग्न थालेको छ।

जनप्रतिनिधिहरू व्यक्तिगत/पार्टीगत स्वार्थ, कमिसन र नाता कुटुम्बको पछाडि लागेको र जनताप्रति उत्तरदायी हुन नसकेको आरोप व्याप्त छ। सप्तरीका केही स्थानीय तहको अवस्था हेर्दा जनस्तरबाट लाग्ने आरोप वास्तविक भएको पुष्टि हुन्छ।

संघीय सरकारले हरेक आर्थिक वर्षको बजेटमा प्रदेश र स्थानीय तहलाई बजेट छुट्याउँछ। ससर्त र वित्तीय समानीकरण अनुदानका रुपमा छुट्याएको रकम चार किस्तामा उपलब्ध हुन्छ। साउन २५, कात्तिक २, माघ २ र वैशाख २ लाई आधार बनाएर चार किस्तामा वजेट उपलब्ध गराउने गरिएको छ।

तर, सप्तरीका राजगढ, छिन्नमस्ता, महादेवा र तिलाठी–कोईलाडी गाउँपालिका तथा हनुमाननगर–कंकालिनी नगरपालिकाले साउन २५ भित्र लिई सक्नुपर्ने पहिलो किस्ताको रकम मंसिर बितिसक्दा पनि लिन सकेका छैनन्। आन्तरिक कलहका कारण कतिपयले गाउँ÷नगर सभा नै सम्पन्न गर्न नसकेका छैनन् भने कतिपयले गत वर्षको फाँटवारी बुझाउन नसकेका कारण पहिलो किस्ताको रकम रोकिएको छ।

सप्तरीमा ९ नगरपालिकासहित १८ वटा स्थानीय तह छन्। कतिपय स्थानीय तहले संघीय सरकारमार्फत् प्राप्त हुने बजेटको दोस्रो चौमासिक बजेट निकासा लिएर धमाधम काम गर्न थालेका छन्। तर, ५ वटा स्थानीय तहले पहिलो किस्ताको रकमसमेत लान नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गत आर्थिक वर्षको स्रेस्ता नबुझाएका, लेखा परीक्षण नगरेका, गाउँ/नगर सभा गर्न नसकेका र एकाउन्टिङ सफ्टवेयर (सुत्र प्रणाली) लागू नगरेका कारण ती स्थानीय तहको रकम खातामा नगएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख पुर्णराज कार्कीले बताए। 

कतिपय स्थानीय तहले गत वर्ष राजस्व खातामा फिर्ता गर्नुपर्ने रकमसमेत फिर्ता नगरेको कार्यालयले जनाएको छ। ‘स्रेस्ता नबुझाउने मात्र होईन, फिर्ता गर्नु पर्ने रकमसमेत फिर्ता भएको छैन’, कार्की भन्छन्, ‘त्यो पैसा चालु आर्थिक वर्षमा तलब÷भत्तामा खर्च भएको जानकारी पाएका छौं।’
चार स्थानीय तहले दोस्रो किस्ता माग नै गरेनन्।

जिल्लाका चार वटा स्थानीय तहले पहिलो किस्ता बजेट लिए पनि दोस्रो किस्ताको रकम लिन सकेका छैनन्। बलान विहुल र तिरहुत गाउँपालिका तथा खडक र शम्भुनाथ नगरपालिकाले दोस्रो किस्ताका लागि माग नगरेको कोष तथा लेखा नियन्त्रक कार्कीले जानकारी दिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘पहिलो किस्ताको प्रतिवेदन तयार पारेर दोस्रो चौमासिकको रकम माग गर्नुपर्ने व्यवस्था छ’ उनले भने,  ‘पहिलो किस्ता लगेर फाँटवारी नबुझाएका स्थानीय तहको दोस्रो किस्ता जाँदैन।’ साउन, भदौ, असोज र कात्तिक महिनामा कुन–कुन योजनाका लागि कति बजेट खर्च भयो, कति खर्च हुने चरणमा छ र कति बजेट खर्च हुन बाँकी छ भन्ने कुरा खुलाएर प्रतिवेदनसहित दोस्रो चौमासिकको रकम माग गर्नुपर्ने ब्यवस्था रहेको कार्कीले जानकारी दिए।

‘पहिलो चौमासिकको आर्थिक प्रतिवेदन नभई दोस्रो चौमासिकको निकासा दिने व्यवस्था छैन’, उनले थपे, ‘फाँटवारी वुझाए दोस्रो चौमासिक निकासा गर्न सजिलो हुन्थ्यो।’ रुपनी, विष्णुपुर, अग्निसाईर कृष्णसवरण गाउँपालिका तथा सप्तकोशी, सुरुङ्गा, वोदेवरसाईन, राजविराज, डाकनेश्वरी र कंचनरुप नगरपालिकाले दोस्रो किस्ताको रकम लिएर काम गरिरहेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ? शनिबार, असोज ३१, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह शनिबार, असोज ३१, २०८३
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्