जनकपुर- धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ५ महेन्द्रनगरमा भएकाे बम विस्फोटकाे घटनामा संलग्न भएकाे आराेपमा प्रहरीले तीन जना पक्राउ परेका छन्।
गएराति भएकाे बम विस्फाेटमा ४६ वर्षीय राजेश साह, उनका छोरा २४ वर्षीय आनन्द साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्चार्ज इन्स्पेक्टर अमिरकुमार दाहालको मृत्यु भएकाे थियाे।
पक्राउपर्नेमा सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपाका तीन स्थानीय नेता रहेकाे धनुषा प्रहरीले जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले दिएकाे जानकारी अनुसार पक्राउपर्नेमा दुई महिला र १ पुरूष गरी ३ जना रहेका छन्।
पक्राउपर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षीया सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामसोभित गाहा रहेका छन्।
उनीहरुमाथि अनुसन्धान थालिएको डीएसपी कार्कीले बताए।
सम्बन्धित समाचार
धनुषा विस्फोटपछि गृहमन्त्रीले भने- 'आततायी घटनामा संलग्न अपराधीलाई कारबाहीको दायरामा ल्याइछाड्छु'
धनुषा बम विस्फोट : झुन्डिएकाे झाेला हेर्न खाेज्दा गयाे ज्यान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।