• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
तातोपानी भन्सारका प्रमुख बस्नेतसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, घुसको पैसा जेठानसँग तारे हाेटलमा लगानी झापाकाे आरती हाेटल पनि जफतकाे माग
64x64
नेपाल लाइभ शनिबार, मंसिर २८, २०७६  ०८:३०
1140x725

काठमाडौ–  २०४५ सालमा शाखा अधिकृतबाट जागिर सुरु गरेका एक भन्सार अधिकृतले ३१ वर्षमा २० करोडभन्दा धेरैको सम्पत्ति आर्जन गरेको पाइएको छ। राजश्वको कर्मचारी भएको तीन दशकमा उनले १ करोड ७८ लाख २० हजार ९ सय ७५ रुपैयाँमात्र वैध आय हुन सक्नेमा उनले दश गुणा धेरै रकम गैरकानुनी रुपमा आर्जन गरेका थिए।

भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले जागिरको अवधिमा १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ अवैध आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

हाल तातोपानी भन्सारमा अधिकृत रहेका उनले क्यारिङ व्यवसाय गर्ने व्यापारीहरुसँग घुस लिने र आफ्ना जेठानको नाममा जग्गा खरिद गर्ने तथा त्यसलाई उनले वैधानिक बनाउन श्रीमती ,जेठान र जेठानकी श्रीमतीलाई समेत प्रयोग गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले उनीसहित पाँचजनाविरुद्ध शुक्रबार विशेष अदालतमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भोजपुर षडानन्द स्थाथी घर भएका बस्नेत २०४५ सालमा लेखापाल पदमा सर्वाजनिक सेवामा प्रवेश गरेका थिए। हाल उपसचिवको रुपमा तातोपानी भन्सारमा कार्यरत रहेका बस्नेतले अवैधानिक रुपमा आर्जन गरेको सम्पत्ति , शेयर, घरजग्गा र होटल निर्माणमा लगाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
 

घुसको रकमले जेठानको नाममा व्यापार
बस्नेतले व्यापारीसँग असुल गरेको रकम वैधानिक बनाउन आफ्ना जेठानलाई प्रयोग गरेका थिए। झापा घर भएका जेठान नविनकुमार गौलीमार्फत उनले यस्तो रकम वैधानिक बनाएको आरोपपत्रमा उल्लेख छ।


भ्रष्टाचार गरेको जेठानको नाममा जग्गा खरीद बक्सीसमा नामसारी
भ्रष्टाचार गरेको रकम वैधानिक बनाउने उनले यतिसम्म गरे कि त्यो सुन्ने नै छक्क पर्ने देखिन्छ। अख्तियारले विशेष अदालतमा पेश गरेको अभियोग पत्रका अनुसार बस्नेतले भ्रष्टाचार गरेको रकम जेठानको खातामा जम्मा गर्ने ,उक्त पैसाले जग्गा खरीद गर्ने अनि आफ्नो नाममा बक्सीसको रुपमा लिने गरेका थिए।

बस्नेतले आफु प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत रहँदा विदेशबाट नेपाल आयात गर्ने सामानहरुको भन्सार छुटाउँदा विभिन्न व्यापारी, क्यारिङ् व्यवसायी एवं भन्सार एजेन्टहरुसँग गैरकानूनी रुपमा घुस लिने गरेको र त्यसलाइ वैध बनाउन घर जग्गा,सुन र अन्यमा लगानी गर्ने गरेका थिए। गैरकानूनी रकमहरु विभिन्न व्यवसाय गर्ने व्यक्तिहरु, विभिन्न पेशा व्यवसायमा काम गर्ने कर्मचारीहरु, व्यापारी एवं भन्सार एजेन्टहरुमार्फत संखुवासभा खाँदबारी १ निवासी आफ्ना जेठान  गौलीले प्राप्त गर्ने गरी निज र निजको परिवारका सदस्यहरु एवं खाँदबारीस्थित विभिन्न व्यापारीहरुको बैंक खाता समेतमा ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैया जम्मा गर्न लगाएको अख्तियारको अनुसन्धानमा भेटिएको छ।  
 

नगदै लिन्थे घुस
उपसचिव बस्नेतले घुुसको अधिकांश रकम नगदमै कारोबार गर्ने गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। चेक वा बैंकमा जम्मा गराउँदा शंका हुने र समस्या आउनसक्ने भएकाले उनले रकम सँधै नगदमै बुझेर जेठानलाई पठाउने गरेको अख्तियारले अनुसन्धानका क्रममा पाएको थियो। यदि कुनै व्यापारीले चेक दिन चाहेमा उनी आफ्नो नाममा नभई जेठान गौलीको नाममा जम्मा गर्न लगाउने र जम्मा भएको खबर आएपछि मात्र काम गर्ने गरेको अख्तियारको आरोपपमात्र उल्लेख छ।

जहाँ पुग्यो उही सम्पत्ति
उपसचिव बस्नेतले जुन स्थानमा सरुवा भयो सोही स्थानमा महङ्गो जग्गा खरिद गर्ने गरेका थिए। तातोपानी भन्सार कार्यालय आउनुअघि उनी विराटनगर भन्सारमा कार्यरत थिए। त्यहाँ कार्यरत रहँदा उनले  ससुराली क्षेत्र नजिकै खाँदबारी बजार र आसपास क्षेत्रमा १ सय रोपनी जग्गा खरिद गरेका थिए।

भ्रष्टाचारको पैसाले झापामा आरती होटल
उपसचिव बस्नेतले भ्रष्टाचार गरेको पैसाले झापामा सानदार होटल समेत सञ्चालन गरेको पाइएको छ। करीब १० करोड मुल्य रहेको आरती होटल उनले यसरी नै भ्रष्टाचार गरेको सम्पत्तिबाट जोडेकोले जफत हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ।

अर्बिट इनर्जी प्रालिमा २ करोडभन्दा बढी शेयर बस्नेतले यसरी नै गैरकानुनी आर्जन गरेको रकमबाट लगानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।  यसरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति वैधानिक बनाउने सहयोग गर्ने जेठानकी श्रीमतीलाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। जनही १० वर्ष कैद, बिगो बराबर जरिवानासमेत गरी २१ करोड रुपैयाँ असुल गर्न अख्तियारले माग गरेको छ ।
 

बस्नेतको हकमा

उपसचिव बस्नेतले सार्वजनिक पदमा बहाल रहँदा गैरकानुनी रुपमा आर्जन गरेकाले १० करोड ५६ लाख ९१ हजार रुपैयाँ  र सोही बराबर जरिवाना गर्न माग गरिएको छ। उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय गर्न पनि माग गरेको छ।


जेठान गौलीको हकमा
कृष्णबहादुर बस्नेतले आफू सार्वजनिक पदमा बहाल रहँदा गैरकानूनी रुपमा आर्जन गरेको रकम आफ्ना जेठान नविनकुमार गौली एवं निजको परिवारका अन्य सदस्यहरुको नाममा लुकाउने गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उपसचिव बस्नेतको गैरकानूनी सम्पत्ति प्रयोग तथा व्यवस्थापन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन  कसुरको मतियारको रुपमा  कारवाही गर्न माग गरेको छ। अख्तियारले जेठान गौलीसँग ९ करोड २१ लाख ५२ हजार रुपैयाँ असुल गर्न माग गरेको छ।


उपसचिव बस्नेतकी श्रीमती सबिता गौलीको हकमा
उपसचिव बस्नेतले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती सबिता गौलीको नाममा लुकाउने गरेको भन्दै उनलाई पनि अख्तियारले मतियारको रुपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन २०१७,२०५९ र २०४८ अनुसार सजाय गर्न माग अख्तियारले माग गरेको छ।


जेठान गौलीका श्रीमती र छोराको हकमा

 

अख्तियारले बस्नेतले आर्जन गरेको सम्पत्ति लुकाउने कार्यमा जेठान गौलीसहित श्रीमती र छोरोको समेत संलग्नता रहेको भन्दै उनीहरु विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरुको नाममा चल अचल सम्पत्ति खरीद गरेको र होटल व्यवसायमा समेत लगानी गरेको पाइएको हुँदा अन्य आरोपीहरुबाट बिगो असुल उपर हुन नसकेमा सकुन्तला गौली र शुलभ गौलीको नाममा रहेका चल अचल सम्पत्तिबाट असुल गर्न अख्तियारले माग गरेको छ


 

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ?
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्